कीवर्डहरू -

सुरू भयो नेपाल मोबिलिटी एक्स्पो २०२५, ५०बढी अटोमोबाइल ब्रान्डको सहभागिता

सुरू भयो नेपाल मोबिलिटी एक्स्पो २०२५,  ५०बढी अटोमोबाइल ब्रान्डको सहभागिता

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरू भएको छ । साउन २१ बुधबारदेखि सुरू भएको एक्सपो २५ साउन गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ । 

उक्त एक्स्पो उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन् । एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिएको छ ।

एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहेको छ ।  प्रदर्शनीमा १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक गरिएको छ ।

एक्स्पोको मुख्य प्रायोजकमा एभरेष्ट बैंक लिमिटेड र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । प्रदर्शनीका आगन्तुकहरूलाई प्रायोजक कम्पनीहरूले पनि विशेष प्रावधानको व्यवस्था गरिएको छ । राईड पार्टनर पठाओले प्रदर्शनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशतसम्मको छुट दिएको छ ।

साउन २५ गतेसम्म चल्ने उक्त एस्क्स्पोको पाँचौँ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने प्यानल डिस्कसन गरिने आयोजकले जनाएको छ ।