कीवर्डहरू -

नेपाल पे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा टिभीदेखि स्मार्टफोनसम्म जित्ने मौका

नेपाल पे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा टिभीदेखि स्मार्टफोनसम्म जित्ने मौका

दशैं र तिहारको अवसरमा नेपाल पे क्यूआरले ‘शुभलाभ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले स्योरसट क्यासब्याक पाउेछन् ।

जति धेरै क्यूआर कारोबार गरे त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् । अफर अवधिभरि न्यूनतम २ सय रुपैयाँ वा सोभन्दा बढीको न्यूनतम १० वटा वा सोभन्दा बढी कारोबार गर्ने ग्राहकले २ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

साथै लक्की ड्रका लागि पनि योग्य हुनेछन् । लक्की ड्रमा विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरू जस्तै टीभी, वासिङ मेसिन, फ्रिज, माइक्रो वेब ओभन, हिटर, एयर फ्रायर र स्मार्टफोन रहेका छन् ।

ग्राहकले मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएस एपबाट सजिलै नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागु हुने छ भने गेटवे भुक्तानीमा भने लागु हुनेछैन । यो अफर ५ असोजदेखि ३० कात्तिकसम्म लागु हुनेछ ।