कीवर्डहरू -

अपराध अनुसन्धानमा सहयोग गरेपछि नेपाल प्रहरीले ईसेवालाई गर्‍यो सम्मान

अपराध अनुसन्धानमा सहयोग गरेपछि नेपाल प्रहरीले ईसेवालाई गर्‍यो सम्मान

नेपाल प्रहरीले पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवालाई सम्मान गरेको छ । शान्त र सुरक्षित समाज निर्माणमा प्रहरी कार्य, अपराध अनुसन्धानका साथै साइबर सुरक्षामा योगदान दिएका कारण ईसेवालाई कदर-पत्रद्वारा सम्मान गरिएको हो ।

७० औं प्रहरी दिवस २०८२ को अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ईसेवालाई उक्त कदर पत्र प्रदान गरिएको थियो ।

कदर पत्र ग्रहण गर्दै ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय सूचनाको सुरक्षा, साइबर सुरक्षा तथा नियामकीय अनुपालनमा ईसेवा निरन्तर प्रतिबद्ध रहेको बताए । नेपाल प्रहरीको सम्मानले यसलाई थप पुष्टि गरेको उनको भनाइ छ ।

आगामी दिनमा ईसेवाका थप ग्राहकमैत्री, सुरक्षित र भरपर्दो बनाउँदै डिजिटल अर्थतन्त्रको निर्माणमा निरन्तर योगदान दिइरहने उनले प्रतिबद्धता जनाए ।