कीवर्डहरू -

बैंक तथा वित्तीय संस्थाहरूका लागि एआई प्रयोग सम्बन्धि नियम बनाउँदै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरूका लागि एआई प्रयोग सम्बन्धि नियम बनाउँदै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरूका लागि नेपाल राष्ट्र बैंकले एआई सम्बन्धि नियम बनाउने तयारी थालेको छ । 

एआईको तीव्र विकाससँगै वित्तीय क्षेत्रमा अवसरसँगै नयाँ जोखिमहरू पनि बढिरहेका बेला राष्ट्र बैंकपहिलोपटक वित्तीय क्षेत्रका लागि एआई प्रयोगसम्बन्धी मार्गदर्शन बनाउन लागेको हो । 

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा गरिएको घोषणाअनुसार ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स’ मार्गदर्शनको मस्यौदा सार्वजनिक गर्दै बैंकले राय सुझाव मागेको छ । 

एआईलाई जिम्मेवार, पारदर्शी र नैतिक रूपमा अपनाउन मार्गदर्शन तयार पारिएको राष्ट्र बैंकको भनाइ छ । मुख्यगरी एआई प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोग,  वित्तीय क्षेत्रको दक्षता, नवप्रवर्तन र सेवाको गुणस्तर वृद्धि,  पारदर्शीता, डेटा गोपनीयता, जोखिमहरू न्यूनिकरण तथा  सबै वर्गका नागरिकसम्म पुग्ने वित्तीय सेवा प्रवर्द्धन गर्ने वातावरण तयार गर्ने उद्देश्यले मार्गदर्शन ल्याउन लागिरहेको बताइएको छ ।

सरोकारवालाहरूले आगामी पुस १५ गतेभित्र आफ्नो राय सुझाव दिन सक्ने छन् । सुझाव लिखित रुपमा अथवा इमेल मार्फत् [email protected] मा पठाउन सकिने छ । 

यस्तो छ मस्यौदा