कीवर्डहरू -

फिनटेक इन्नोभेसन प्रवर्द्धनका लागि रेगुलेटरी स्यान्डबक्स स्थापना गर्ने तयारीमा राष्ट्र बैंक

फिनटेक इन्नोभेसन प्रवर्द्धनका लागि रेगुलेटरी स्यान्डबक्स स्थापना गर्ने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा इन्नोभेसनलाई प्रवर्द्धन गर्नका लागि रेगुलेटरी स्यान्डबक्स स्थापना गर्ने तयारी गरेको छ । यसका लागि राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स निर्देशिकाको मस्यौदामा सार्वजनिक गरेको छ । 

प्रविधिको द्रुत विकाससँगै फिनटेक क्षेत्रमा नवीन इन्नोभेसन, प्रडक्ट र सेवालाई प्रवर्द्धन र प्रोत्साहन गर्नका लागि रेगुलेटरी स्यान्डबक्स स्थापना स्थापना गर्न लागिएको हो ।

रेगुलेटरी स्यान्डबक्स स्थापना भएपछि बैंक वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीहरूले आफ्ना नवीनतम प्रडक्ट सिमित उपभोक्तामाझ परीक्षण गर्न सक्ने छन् । 

राष्ट्र बैंकको निगरानीमा रेगुलेटरी स्यान्डबक्सले परीक्षणका लागि सुरक्षित वातावरण तयार गर्दै जोखिम व्यवस्थापन गर्न सघाउने छ । रेगुलेटरी स्यान्डबक्स भनेको नियन्त्रित परीक्षण वातावरण हो, जहाँ नयाँ वित्तीय प्रविधि सम्बन्धी सेवा, उत्पादन वा समाधानलाई सीमित मापदण्डमा परीक्षण गर्न पाइन्छ । यदी परीक्षण सफल भएमा त्यसलाई बजारमा पूर्णरूपमा विस्तार गर्न सकिने छ ।

स्यान्डबक्समा एपीआई, मोबाइल मनी सेवा, खुद्रा भुक्तानी, मनी ट्रान्सफर, डिजिटल केवाईसी, स्मार्ट कन्ट्र्याक्ट, साइबर सुरक्षा प्रडक्ट, डिजिटल पहिचान सम्बन्धि सेवाहरू परीक्षण गर्न पाइने छ । 

तर क्रिप्टो करेन्सी, डिजिटल करेन्सी, अनलाइन बेटिङ, ग्याम्ब्लिङ, सेन्ट्रल बैंक डिजिटल करेन्सी सम्बन्धि प्रडक्टहरू परीक्षण गर्न पाइने छैन् ।

स्यान्डबक्समा परीक्षण गर्न चाहनेले राष्ट्र बैंकमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । परीक्षणको अवधि ६ महिनाको हुनेछ । यसलाई ६ महिनासम्म बढाउन सकिने छ ।

राष्ट्र बैंकले अनुमतिप्राप्त वा नयाँ इन्टिटिलाई सजिलो रिपोर्टिङ, कम शुल्कमा भुक्तानी पूर्वाधारमा पहुँच, मार्केटिङका लागि लचकता जस्ता सुविधाहरू प्रदान गर्न सक्ने छ । स्यान्डबक्स सञ्चालनका लागि गभर्निङ बडी र स्यान्डबक्स समिति हुनेछ ।

रेगुलेटरी स्यान्डबक्स निर्देशिकाको मस्यौदामा आगामी भदौ १५ गतेसम्म सुझाव दिन सकिने छ । सुझावहरू [email protected] मा पठाउन सकिने छ । 

यस्तो छ मस्यौदा