कीवर्डहरू -

सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध

सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध

नेपाल राष्ट्र बैंकले सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । 

सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरिएको जानकारी दिदै यथासम्भव डिजिटल वित्तीय सेवा प्रयोग गर्न अनुरोध गरेको हो । 

सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाको उपलब्ध शाखा, एटीएम तथा सेवासम्बन्धी जानकारी आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमार्फत प्राप्त गर्न अनुरोध गरिएको छ ।