नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो जानकारी दिएका हुन् ।
‘भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन यस क्षेत्रमा हुने नवीन अभ्यास तथा नवप्रवर्तन प्रवर्द्धन गर्न रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याइने छ,’ उनले भने ।