कीवर्डहरू -

डिजिटल भुक्तानी सुचारू राख्न राष्ट्र बैंकको आग्रह, वेबसाइट र सामाजिक सञ्जालबाट सेवाको जानकारी दिनुपर्ने

डिजिटल भुक्तानी सुचारू राख्न राष्ट्र बैंकको आग्रह, वेबसाइट र सामाजिक सञ्जालबाट सेवाको जानकारी दिनुपर्ने

नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थालाई अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धि सेवा सुचारू गर्न आग्रह गरेको छ । 

आफ्नो व्यवसायिक निरन्तरतासम्बन्धी (Business Continuity) प्रणालीलाई मध्यनजर गर्दै राष्ट्र बैंकले संवेदनशील प्रणाली (Critical System) मा सीमित कर्मचारीमार्फत मात्र सञ्चालन गर्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकका अनुसार अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा नियमितरूपमा सुचारु गर्न र अन्य प्रणालीमा पहुँच गर्दा जोखीमको आधारमा रिमोट एक्सेस प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

साथै सबै बैंक तथा वित्तीय संस्थालाई आफ्ना शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नै वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ ।