कीवर्डहरू -

नेपालको पहिलो एडब्लुएस क्लाउड क्लब त्रिविमा स्थापना

नेपालको पहिलो एडब्लुएस क्लाउड क्लब त्रिविमा स्थापना

त्रिभुवन विश्वविद्यालया (त्रिवि) मा नेपालको पहिलो अमेजन क्लाउड सर्भिसेस (एडब्लुएस) क्लाउड क्लब स्थापना भएको छ । 

एडब्लुएस क्लाउड क्लबले विशेष गरी अमेजन क्लाउड सर्भिसेस सिकाउने, प्रोजेक्टमा सहभागी गराउने र क्लाउड कम्प्युटिङको बारेमा ज्ञान दिनेछ । 

एडब्लुएस क्लाउड क्लब भनेको विद्यार्थीले नेतृत्व गर्ने क्लब हो । त्रिविमा स्थापना भएको नेपालको पहिलो एडब्लुएस क्लाउड क्लब पनि त्रिविबाट सम्बन्ध प्राप्त सगरमाथा कलेजका विद्यार्थी उपेन्द्र न्यौपाने गर्दै छन् । 

न्यौपाने एडब्लुएसको आधिकारिक क्लब क्याप्टेन हुन् । क्लबले क्लाउडसम्बन्धि सेमिनार, प्रोजेक्टमा आधारित सिकाइ, अतिथि वक्ता, प्रमाणपत्र र क्लाउड एडभोकेसीमा काम गर्ने न्यौपानेले बताए ।