कीवर्डहरू -

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सूचना प्रविधि समितिले पायो पूर्णता

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सूचना प्रविधि समितिले पायो पूर्णता

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सूचना प्रविधि समितिले पूर्णता पाएको छ । उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले सुचना प्रविधि समितिलाई पूर्णता दिएका हुन् । 

दीपक भण्डारी सभापति रहेको सुचना प्रविधि समितिमा सदस्यको रूपमा आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्साल, नेपाल वितरक संघका केन्द्रिय सचिव लोकेश्वर मान जोशी, एमबिएसएच नेपालका प्रबन्ध निर्देशक सत्य बहादुर श्रेष्ठ, नेप्को ईन्टरमेन्टका प्रबन्ध निर्देशक जीत बहादुर राउत, हाईटेक सोलुसन्स् एण्ड सर्भिसेजका प्रबन्ध निर्देशक सन्जय सिंघानिया र साइपाल टेक्नोलोजीका प्रबन्ध निर्देशक पंकज अधिकारीलाई मनोनयन गरिएको छ । 

यस्तै समितिको सल्लाहकारको रूपमा क्यान महासंघका पूर्व अध्यक्ष विप्लव मान सिंह र विनोद ढकाललाई  मनोनयन गरिएको छ । 

बिहीबार काठमाडौंको होटल यल्लो प्यागोडामा मनोनय भएकालाई स्वागत तथा मनोनयनपत्र वितरण गरिएको छ ।