कीवर्डहरू -

नेपाल टेक मार्केटले सार्वजनिक गर्‍यो फोहोर व्यवस्थापन प्रणाली

नेपाल टेक मार्केटले सार्वजनिक गर्‍यो फोहोर व्यवस्थापन प्रणाली

नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्य राखेको छ ।

यो प्रणालीलाई प्रयोगकर्ता-मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी ट्रेन्डहरू समावेश गरिएको छ। यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ। यसले फोहोर संकलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने कम्पनीको भनाइ छ ।

नेपाल टेक मार्केट डटकमका सीईओ चिरञ्जीवी अधिकारीले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताए ।  यस प्रणालीमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरिएको जानकारी दिँदै यसले फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास उनले व्यक्त गरेका छन् ।

यस सिस्टममार्फत प्रत्येक फोहोर व्यवस्थापन गर्ने कम्पनी, फोहोर उत्पादन गर्ने संघ संस्था, घरहरूबीच अन्तरसम्पर्क गर्न सकिनेछ । फोहोर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथ-साथै यो सिस्टमले नगरपालिकाको लागि पनि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ।

नगरपालिकाका यूजरबाट आफ्नो नगर/वडामा फोहोर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ। नेपालका लागि फोहोर व्यवस्थापन एपसम्बन्धी सम्पूर्ण जानकारीका लागि यहाँ क्लिक गर्न सकिने छ । नेपाल टेक मार्केटले फोहोर व्यवस्थापन प्रणालीबाहेक विभिन्न आईटी सेवाहरू पनि प्रदान गर्छ।