कीवर्डहरू -

विरोध भएपछि टपअपको न्युनतम सीमा ५० रूपैयाँ बनाउने निर्णयबाट पछाडि हट्यो नेपाल टेलिकम

विरोध भएपछि टपअपको न्युनतम सीमा ५० रूपैयाँ बनाउने निर्णयबाट पछाडि हट्यो नेपाल टेलिकम

चौतर्फी विरोध भएपछि टपअप गर्नुपर्ने न्युनतम सीमा ५० रूपैयाँ कायम गर्ने निर्णयबाट नेपाल टेलिकम पछाडि हटेको छ । 

यसअघि नेपाल टेलिकमले फागुन १५ गतेदेखि डिजिटल वालेट, मोबाइल बैंकिङ र एमपोस माध्यमबाट हुने टपअप कम्तिमा ५० रूपैयाँ बनाएको थियो ।  

तर विरोध भएपछि उक्त निर्णयबाट तत्काल टेलिकम पछाडि हट्न बाध्य भएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले टपअप सीमा न्युनतम सीमा ५० रूपैयाँ कायम गर्ने निर्णय तत्काललाई होल्ड भएको बताए । 

अब फेरि प्रयोगकर्ताले डिजिटल वालेट, मोबाइल बैंकिङ र एमपोस माध्यमबाट १० रूपैयाँदेखि टपअप गर्न सक्ने छन् ।