कीवर्डहरू -

प्रति शेयर ४० रूपैयाँका दरले नगद लाभांश दिने नेपाल टेलिकमको निर्णय

प्रति शेयर ४० रूपैयाँका दरले नगद लाभांश दिने नेपाल टेलिकमको निर्णय

नेपाल टेलिकमले शेयरधनीलाई नगद लाभांश दिने भएको छ । आर्थिक वर्ड २०७९-८० को मुनाफाबाट टेलिकमले नगद लाभांश दिने भएको हो । 

बिहीबार बसेको नेपाल टेलिकमको सञ्चालक समितिको बैंठकले प्रति सेयर ४० रूपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

प्रस्तावित लाभांश नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि कम्पनीको आगामी १६औं साधारण सभामा पेस गर्ने कम्पनीले निर्णय गरेको छ ।