सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको सेवा सुचारू भएको छ । साउन ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएपछि टेलिकमको सेवा अवरूद्ध भएको थियो ।
बाढीले विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बीटीएस टावरहरु बन्द भएका थिए । टेलिकमले उक्त बीटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको छ ।
हाल नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायत क्षेत्रका बीटीएस टावरहरु सुचारु भई उक्त क्षेत्रमा मोवाइल सेवा स्थापित भइसकेको टेलिकमले जनाएको छ ।