कीवर्डहरू -

डिजिटल बैंक स्थापना गर्न अध्ययन गर्दै नेपाल टेलिकम

डिजिटल बैंक स्थापना गर्न अध्ययन गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले डिजिटल बैंक स्थापना गर्न अध्ययन गर्ने भएको छ । नेपाल टेलिकमको १६ औं वार्षिक प्रतिवेदनमा डिजिटल बैंक अर्थात नियो बैंक स्थापना सम्बन्ध अध्ययन गर्ने उल्लेख गरिएको छ । 

यस बाहेक टेलिकमले परामर्श तथा अन्य सेवा/सामान प्रदान गर्न कम्पनी स्थापना गरी सञ्चालन गर्ने, पूर्वाधार कम्पनी सञ्चालन गर्ने र सूचना प्रविधि क्षेत्रमा सहायक कम्पनी स्थापना गर्ने योजना अगाडि सारेको छ । 

लगानी विविधकरण गरी राजस्व तथा मुनाफा वृद्धि गर्ने उद्देश्यले विभिन्न कम्पनी स्थापना गर्ने योजना बनाएको टेलिकमको भनाइ छ ।