नेपाल टेलिकमले तत्काललाई कन्भर्जेन्ट बिलिङ प्रणालीको वित्तीय प्रस्ताव खोल्ने कार्य स्थगित भएको छ । सूचना प्रकाशित गर्दै टेलिकमले विशेष परिस्थितिका कारण स्थगित गरिएको जनाएको छ ।
यसअघि असोज ८ गतेका लागि तोकिएको वित्तीय प्रस्ताव खोल्ने मिति छनौट गरिएको थियो । प्रस्ताव खोल्ने नयाँ मिति, समय तथा स्थान सम्बन्धी जानकारी आधिकारिक सूचना मार्फत सबै बोलककर्ताहरुलाई दिइने पनि टेलिकमले स्पष्ट पारेको छ ।
नेपाल टेलिकमले कनभर्जेन्ट रियल टाइम बिलिङ (CRTB) र कस्टुमर सपोर्ट (CS) सिस्टम आपूर्ति, वितरण, जडान तथा सञ्चालनसम्बन्धि बोलपत्र आह्वान गरेको थियो ।
त्यसको प्राविधिक मूल्यांकनमा ह्वावे टेक्नोलोजीज मात्र योग्य भएको थियो भने आर्थिक प्रस्ताव खोल्ने तयारी गरिएको थियो ।