कीवर्डहरू -

नेपाल टेलिकमको दसैं, तिहार, छठ अफर: एफटीटीएच जडान निःशुल्क, अनलिमिटेड डेटा

नेपाल टेलिकमको दसैं, तिहार, छठ अफर: एफटीटीएच जडान निःशुल्क, अनलिमिटेड डेटा

नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं-तिहार-छठ अफर २०८२ उपलब्ध गराएको छ।

सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरु २०८२ असोज ०६ गतेदेखि प्रारम्भ हुनेछन्।

कम्पनीकाअनुसार, अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शूल्क (रु. ५००) मिनाहा गरिएको छ। यसै गरी दसैं-तिहार-छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड र रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ।

फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy (FUP) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भइसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन फेयर युजेज पोलिसीमा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्ने बताईएको छ।

साथै रु. २५० मा  १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र रु. ९९ मा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ। यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ।

जीएसएम सेवाका प्याकेजहरु असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरुका लागि लागु हुने जारी विज्ञप्तीमा उल्लेख छ।