नेपाल टेलिकमले २०८१ सालको एसईईमा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर उपलब्ध गराउने घोषणा गरेको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ ।
त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने टेलिकमले जनाएको छ । एसईई अफर तथा बोनस अन रिचार्ज चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ ।
उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुनेछ । सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछ ।
नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरुले सिमकार्डमा मेन व्यालेन्सको रूपमा उपलब्ध हुने ९.८० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस सेवा, १० वटा अन(नेट एसएमएस र ५०० एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ ।
नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ।