पुरुषहरुको रोजाइमा एकदमै चाँडै परेको नेपाली ब्राण्ड जुट फेशनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर सार्वजनिक गरिएको हो ।
नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकवर्गहरुलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घरआँगनमा नै डेलिभरी दिनेछ ।
यसले जूट फेशनको सिर्जनशीलता र गुणस्तरीय फेसन प्रतिको प्रतिबद्धतालाई झल्काउने छ । २५ देखि ४५ वर्ष उमेर समूहका फेसन प्रेमी पुरुषहरुका लागि लक्षित गरी यो वेबसाइट डिजाइन गरिएको हो ।
आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटोगोरीहरूको साथ, ग्राहकहरूले सहजै जुट फेसनको शर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट र अन्य सामानहरू अर्डर गर्न सक्छन् ।
कम्पनीका संस्थापक तथा सिइओ, श्याम रत्न मालीले शुरुदेखि नै फेशनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरिरहेको बताए ।
नयाँ वेबसाइतको शुरुवात तथा चाडपर्वको अवसरमा, ग्राहकवर्गले ३५ प्रतिशत सम्मको छुटका साथै पहिलो अर्डरमा थप ५ प्रतिशत छुट पनि प्राप्त गर्नेछन् ।