कीवर्डहरू -

बेलायतमा विस्तार भयो नेपाली आईटी कम्पनी पेरिविन सोलुसन

बेलायतमा विस्तार भयो नेपाली आईटी कम्पनी पेरिविन सोलुसन

सूचना प्रविधि (आईटी) कम्पनी पेरिविन सोलुसन (Periwin.com) ले बेलायत (युके) मा पनि आफ्नो सेवा विस्तार गरेको छ । 

विगत ४ वर्षदेखि नेपालबाट सेवा प्रवाह गरिरहेको पेरिविन सोलुसनले बेलायतबाट पनि सेवा दिन थालेको हो । 

नेपालमा सन् २०२१ देखि सफ्टवेयर विकास, आईटी परामर्श तथा आउटसोर्सिङ सेवा प्रदान गर्दै आएको कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव विस्तार गर्ने उद्देश्यले बेलायतमा आफ्नो उपस्थिति जनाएको बताएको छ । 

कम्पनीले विश्वस्तरीय प्रविधि समाधान, ग्राहक अनुकूल सफ्टवेयर निर्माण तथा व्यवसायिक सल्लाह सेवा उपलब्ध गराउँदै आएको छ ।

पेरिविन सोलुसनका अनुसार, अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले यूकेको कार्यालय स्थापना गरी बेलायतका व्यवसाय, स्टार्टअप र संस्थाहरूसँग सहकार्य विस्तार गर्ने योजना बनाएको छ । 

कम्पनीले दक्ष जनशक्ति र नविन प्रविधिको संयोजनमार्फत अन्तर्राष्ट्रिय स्तरको सेवा दिन प्रतिवद्ध रहेको जनाएको छ ।