कीवर्डहरू -

नासाको सुरक्षा कमजोरी फेला पार्ने नेपाली अनुसन्धानकर्तालाई सम्मान

नासाको सुरक्षा कमजोरी फेला पार्ने नेपाली अनुसन्धानकर्तालाई सम्मान

‍अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने नेपाली सुरक्षा अनुसन्धानकर्ता फिरोज शाहलाई सम्मान गरेको छ । 

शाहले रिपोर्ट गरेको सुरक्षा कमजोरीबाट सूचनाको अखण्डता र उपलब्धता सुरक्षित गर्न ठूलो योगदान पुर्‍याएको भन्दै नासाले उक्त सम्मानपत्र प्रदान गरेको हो । 

नासाको भल्नेरेबिलिटी डिस्क्लोजर पोलीसी अन्तर्गत शाहले सुरक्षा कमजोरी रिपोर्ट गरेका थिए । नासाको पठाएको आधिकारिक पत्रमा शाहले पत्ता लगाएको कमजोर पक्ष (vulnerability) को जिम्मेवार रिपोर्टिङका लागि प्रशंसा गरिएको छ ।

पत्रमा भनिएको छ, ‘तपाईंको रिपोर्टिङका कारण नासाले अज्ञात कमजोर पक्षहरूबारे समयमै जानकारी पाएको छ, जसले नासाको सूचनाको अखण्डता र उपलब्धता सुरक्षित गर्न ठूलो योगदान पुर्‍याएको छ।’

नासाले यसलाई सूचना सुरक्षामा महत्वपूर्ण योगदान बताउँदै शाहको सहभागिता र सीपलाई सराहना पनि गरेको छ। साथै, यसले नासालाई विज्ञान, प्राविधिक अनुसन्धान, एरोनोटिक्स तथा अन्तरिक्ष अन्वेषणमा अझ प्रगति गर्न प्रेरित गर्ने उल्लेख गरिएको छ।

पत्रमार्फत नासाले शाहलाई विश्वव्यापी सुरक्षा समुदायको महत्वपूर्ण सदस्यको रुपमा व्याख्या गर्दै भविष्यमा पनि यस्ता अनुसन्धानले सम्पूर्ण मानव जातिको हित हुने विश्वास व्यक्त गरेको छ ।

शाह अहिले काठमाडौं विश्चविद्यालयमा कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । 

null