नेपालका प्रतिभाशाली युवाहरूको एउटा टोली एआई फर गुड - रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५ मा सहभागी हुन स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेको छ।
यो प्रतियोगिता संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) द्वारा आयोजना गरिने एआई फर गुड समिटको एक महत्वपूर्ण अङ्ग हो, जसको सुरुवात सन् २०२५ जुलाई ८ देखि हुँदैछ।
६० भन्दा बढी देशका युवा सहभागी हुने यस सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्स प्रयोग गरी सामाजिक समस्याहरूको समाधान प्रस्तुत गरिनेछ। नेपालबाट प्रतिनिधित्व गर्ने टिम नेपाल राष्ट्रियस्तरमा आयोजित रोबोटिक्स एआई फर गुड च्यालेन्ज – नेपाल प्रतियोगिता मार्फत छनोट भएको हो।
प्रतियोगिताको संयोजन रोबोटिक्स एशोशिएसन अफ नेपाल (र्यान) ले गरेको थियो । नेपालबाट वरिष्ठ र कनिष्ठ गरी दुई तहमा टोलीहरू सहभागी भएका छन् ।
वरिष्ठ तह — टिम सगरमाथा
- प्रशिक्षक: सन्तोष थापा मगर
सदस्यहरू
- प्रभिन श्रेष्ठ – बनेपा निस्ट
- सम्पना केसी – ट्रिनिटी इन्टरनेशनल कलेज
- श्रेयश आचार्य – ट्रिनिटी इन्टरनेशनल कलेज
कनिष्ठ तह — टिम गौतम बुद्ध
- प्रशिक्षकहरू: ऋषव राज र किरण खत्री
सदस्यहरू:
- आरव गौतम – युनाइटेड स्कूल
- परीधी श्रेष्ठ – युनाइटेड स्कूल
- अनुपम भुजेल – केएमसी स्कूल
- ऋद्धि मानन्धर – समृद्धि स्कूल
कनिष्ठ तहको प्रतिस्पर्धा २०८२ जेठ १५ गते युनाइटेड स्कूल, ललितपुरमा सम्पन्न भएको थियो, जहाँ १७ वटा विद्यालय सहभागी थिए। अन्तर्वार्तामार्फत अन्तिम छनोट गरिएको हो।
टिम नेपालले कम्तीमा एक पदक जित्ने लक्ष्य राख्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवका साथ प्रस्तुत गरेको र्यानले जानकारी दिएको छ । प्रतियोगिताको सफल आयोजनामा काठमाडौं इन्जिनियरिङ कलेज, युनाइटेड स्कूल तथा युनाइटेड एकेडेमी ग्रुप, जेभियर एकेडेमी, ग्लोबल रीच, र शिवशक्ति एजु-टेक मार्ट लगायतका संस्थाहरूको सहयोग रहेको छ।