कीवर्डहरू -

अष्ट्रेलियामा बस्ने नेपालीले अब पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सक्ने

अष्ट्रेलियामा बस्ने नेपालीले अब पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सक्ने

अब अष्ट्रेलियाबाट पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सकिने छ । क्लोदिङ ब्राण्ड प्लस साइज नेपालले आफ्ना उत्पादनहरू अब अनलाइनमार्फत अष्ट्रेलियामा शिपिङ गर्ने भएको हो ।

पहिलो चरणमा अष्ट्रेलियाबाट अनलाइन अर्डर सेवा सुरू गरिए पनि छिट्टै अन्य देशमा समेत सुविधा विस्तार गर्न लागेको कम्पनीले जनाएको छ । प्लस साइज नेपालको शिपिङ पार्टनरमा डिएचएल रहेको छ । प्लस साइज नेपालको वेबसाइट वा एपबाट कपडा अर्डर गर्दा विदेशमा तपाई रहेको ठाउँमा डेलिभर हुनेछ ।

अष्ट्रेलियामा बस्ने नेपालीले कार्ड प्रयोग गरी कपडा अर्डर गर्न सक्ने छन् । अर्डर गरेको सात दिनभित्रमा सामान डेलिभर हुने प्लस साइज नेपालका सीईओ अनिल बस्नेतले बताए ।