नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले डिस्कभरी नेटवर्क सँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम, नेपालपे कार्ड, को कमर्शियल रोलआउट शुरु गरिएको घोषणा गरेको छ ।
नेशनल पेमेन्ट स्विच परियोजना अन्तर्गत नेशनल कार्ड स्विच र नेपालपे कार्ड पूर्ण रुपमा सञ्चालनमा ल्याइएको हो जसबाट बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल भरिका एटीएम र पीओएस टर्मिनलमा मात्र नभई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ ।
यस सहकार्य पश्चात् नेपालपे कार्ड का प्रयोगकर्ताहरुले डिस्कभरी नेटवर्क र डिनर्स क्लब इन्टरनेशनल को विश्वभरी संयुक्त रूपमा रहेका १९० भन्दा बढी देश तथा क्षेत्रहरूमा उक्त कार्डको प्रयोग गर्न सक्नेछन् भने नेपालका मर्चेन्टहरूले ३० भन्दा बढी नेटवर्क एलायन्सहरू तथा डिनर्स क्लब कार्डहरूमा आबद्ध विश्वभरका ३७८ मिलियन भन्दा बढी कार्डहरूबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेशनल कार्ड स्वीच र नेपालपे को प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन् भने अन्य संस्थाहरू पनि क्रमशः थपिने क्रममा रहेको छ । एनपीएस – एनसीएस ल्एक्–ल्ऋक् मा कार्ड सम्बन्धी कारोबारको अन्तरआवद्धताका साथै राउटिङ्ग, सेटलमेन्ट, डिस्प्यूट ह्यानडिलिङ्ग तथा एकिकृत रिपोर्टिङ्ग जस्ता विशेषताहरु रहेका छन् ।
नेपालको भुक्तानी प्रणालीहरूलाई आधुनिकीकरण गर्ने उद्देश्य सहित लागू गरिएको ल्एक् परियोजना अन्तर्गत रिटेल पेमेन्ट स्वीच र क्रस बोर्डर इन्टरफेस ९ल्एक्ष्ह० नोभेम्बर २०२१ देखि नै कार्यान्वयनमा आइसकेका छन् । एनसीएस र नेपालपे कार्डले स्वदेशी कार्ड कारोबारमा लागत घटाउने, डाटा लोकलाइजेसन कार्यान्वयन गर्ने तथा डिजिटल इकोसिस्टममा नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले डिस्कभरी नेटवर्क सँगको हाम्रो साझेदारीले विश्वव्यापी स्वीकार्यता सहित सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरको भुक्तानी कार्ड स्किम प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउने बताए ।
डिसकभर इन्टरनेशनल मार्केटका भाइस प्रेसिडेन्ट शुभ्रजित बसले नेपालपे सँगको यो रणनीतिक सहकार्यले एशिया–प्रशान्त क्षेत्रमा हाम्रो उपस्थिति र सेवालाई विस्तार गर्न सहयोग पु¥याउनेछ बताए । साथै, प्रत्येक कारोबारसँगै, मर्चेन्ट र कार्ड प्रयोगकर्ताहरूले गुणस्तरीय र सुरक्षित भुक्तानीको सेवामामा पहुँच प्राप्त गर्ने उनको भनाइ छ ।
एनसीएचएल ८ पौष, २०६५ मा नेपाल राष्ट्र बैंकको नेतृत्व तथा मार्गनिर्देशनमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो । यसमा केन्द्रिय बैंक तथा बैंक वित्तीय संस्थाहरुको लगानी रहेको छ । यसको मुख्य उद्देश्य भनेको विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन तथा कार्यान्वयन गर्नु हो । एनसीएचएलले डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउन बैंकिङ तथा वित्तीय प्रविधि तथा सेवाहरूलाई विस्तार गर्दै आएको छ ।
हाल एनसीएचएलले ल्ऋNCHL-ECC, ACH, Retail Payment Switch, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI), interoperable QR (NepalPay QR), cross border payments interface (NPIx) / EFT Card Switch कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । भुक्तानी कारोबार रकमको आधारमा एनसीएचएलले नेपालको करिब ७५% नन क्यास कारोबारहरु फछ्र्यौट गर्दै आएकोछ ।
आईसीटी समाचार