कीवर्डहरू -

नेपालको सबैभन्दा ठूलो डेटा सेन्टर ‘डेटावर्ल्ड’ तयार, केहिलेदेखि आउँछ सञ्चालनमा ?

नेपालको सबैभन्दा ठूलो डेटा सेन्टर ‘डेटावर्ल्ड’ तयार, केहिलेदेखि आउँछ सञ्चालनमा ?

नेपालको सबैभन्दा ठूलो डेटा सेन्टर ‘डेटावर्ल्ड’ तयार भएको छ । काठमाडौंको चन्द्रागिरिमा वर्ल्डलिंकको सहायक कम्पनी डेटा वर्ल्ड प्रालिले नेपालको सबैभन्दा ठूलो र अत्याधुनिक डेटा सेन्टर निर्माण गरेको हो ।

निर्माण सम्पन्न भएसँगै अबको केही महिनामा डेटा सेन्टर सञ्चालनमा आउने छ । नेपाल विद्युत प्राधिकरणको मातातिर्थ सब स्टेशनको नजिक रहेको डेटा वर्ल्डमा ३.५ मेगावाटको आईटी पावर क्षमता रहेको छ भने ५२० वटा र्‍याक रहेका छन् ।  

null

डेटा सेन्टरमा भूकम्प प्रतिरोधी, उच्च सुरक्षा प्रबन्ध, एआई/एमएलका लागि अप्टिमाइज जस्ता सुविधा छन् । यो नेपालकै पहिलो टायर थ्री एज सर्टिफाइड ग्रीन फ्यासिलिटी भएको डेटा सेन्टर भएको कम्पनीको भनाइ छ । 

साथै कम्पनीले सातै प्रदेश र बढी जनसंख्या भएको ठाउँमा उच्च सुविधायुक्त डेटा सेन्टर बनाउने योजना समेत बनाएको छ ।  

null