कीवर्डहरू -

१०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल पर्न सफल

१०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल पर्न सफल

‘१०० ग्लोबल वुमन इन एआई’ सूचीमा नेपालकी नामी बराल पर्न सफल भएकी छन् । १०० डाभोस वुमनले तयार पारेको विश्वभरका १०० वुमन इन एआईको सूचीमा न्युरलकी संस्थापक नामी बराल पनि पर्न सफल भएकी हुन् । 

सन् २०२२ देखि नामीले नेपाली प्रतिभा प्रयोग गरेरै ग्लोबल प्रडक्ट बनाउने गरी आफ्ना श्रीमान नवीन बाँस्कोटासँग मिलेर अर्को स्टार्टअप न्युरल सुरू गरेकी छन्, जसमा काम गर्ने अधिकांश नेपालीहरू छन् ।

null

सन् २००८ मा पढाइको शिलशिलामा अमेरिका गएकी नामीले सन् २०१८ मा ट्विटरको जागिर छोडेर फिनटेक स्टार्टअप हार्भेस्ट प्लेटफर्म सुरू गरेकी थिइन् । जसलाई सन् २०२१ मा अमेरिकाको सबैभन्दा ठूलो नियो बैंक एकर्न्सले किनेको थियो । 

सन् २०२२ देखि नामीले न्युरललाई ग्लोबल प्रडक्ट बनाउन लागिपरेकी छन् । सन् २०२१ मा फोर्ब्सको द नेक्स्ट थाउजन्समा समेत सूचीकृत हुन सफल उनलाई विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२४ समेत प्रदान गरिएको थियो ।