कीवर्डहरू -

न्युरो–डेभलपमेन्टल रिपोर्ट : सोशल मिडियाले बच्चाहरूको ध्यान केन्द्रित गर्ने क्षमता कमजोर बनाउँदै

न्युरो–डेभलपमेन्टल रिपोर्ट : सोशल मिडियाले बच्चाहरूको ध्यान केन्द्रित गर्ने क्षमता कमजोर बनाउँदै

इन्टरनेट र स्मार्टफोनको आगमनसँगै सोशल मिडिया हरेक उमेरका मानिसहरूको जीवनको महत्वपूर्ण हिस्सा बनेको छ। अब यो केवल मनोरञ्जनको साधन रहेन; मानिसहरूको दैनिक व्यवहार, सोच र जीवनशैलीमा गहिरो प्रभाव पार्न थालेको छ। एउटा स्टडीले देखाएको छ कि यो प्रभाव बालबालिकाका लागि निकै हानिकारक हुनसक्छ। रिसर्चले भन्छ कि सोशल मिडिया एप्सले बालबालिकाको दिमागी विकासमा नकारात्मक असर गरिरहेका छन्।

आजभोलि विद्यालय, कलेज, व्यवसायिक र गैरव्यवसायिक सबैको जीवन सोशल मिडियाबाट जोडिएको छ। यूजर्स फेसबूक, इन्स्टाग्राम र स्न्यापच्याटमा निरन्तर सक्रिय रहँछन्। एउटा एल्गोरिदमले प्रयोगकर्तालाई बारम्बार एप खोल्न बाध्य पार्छ, जसले गर्दा उनीहरू आफ्नो वास्तविक काममा फोकस गर्न सक्दैनन्। नयाँ स्टडीले यस्ता डिजिटल बानीहरूलाई हानिकारक बताएको छ।

सोशल मिडियाले दिमागमा कस्तो प्रभाव पार्छ?

यसबारे अमेरिकामा गरिएको रिसर्चमा हजारौँ बच्चाहरू समावेश थिए। रिपोर्टअनुसार सोशल मिडियामा बढी समय बिताउने बच्चाहरूमा ध्यान कमी, बेचैनी र उतावल्यापन झैँ लक्षण देखिएका छन्  जुन एडीएचडी सङ्केत हुनसक्छ। अनुसन्धानकर्ताहरू भन्छन् कि सानै उमेरमा बच्चाहरूको दिमाग विकासशील अवस्थामा हुन्छ, त्यसैले डिजिटल डिस्ट्र्याक्सनको असर अझ गम्भीर हुन जान्छ।

एडीएचडी के हो?

एडीएचडी (Attention Deficit Hyperactivity Disorder) एउटा न्यूरो-डेभलपमेन्टल डिसअर्डर हो जसमा बच्चाले एउटै ठाउँमा बस्न नसक्ने, कुनै कुरामा लामो समयसम्म फोकस गर्न नसक्ने र बारम्बार बेचैन हुने लक्षण देखिन्छ। स्टडीले देखाएको छ कि सोशल मिडियाको अत्यधिक प्रयोगले यी लक्षणहरू बढाउन भूमिका खेलिरहेको छ।

रिसर्च टीमले बच्चाहरूको दैनिक डिजिटल गतिविधि पनि मूल्यांकन गरेको थियो। जसमा पत्ता लाग्यो कि दुई–तीन घण्टा टिभी वा भिडियोलाई हेर्ने, घण्टाौँ सोशल मिडिया प्रयोग गर्ने र लामो समयसम्म भिडियो गेम खेल्ने बच्चाहरूमा एडीएचडी जस्ता लक्षण ट्रिगर हुँदछन्।

स्वीडेनको कारोलिन्स्का इन्स्टिच्युट र ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीले संयुक्त रूपमा गरेको रिसर्चले देखायो कि सोशल मिडिया प्लेटफर्मका नोटिफिकेसनहरूले बच्चाहरूको फोकस क्षमता सबैभन्दा बढी प्रभावित गर्दछन्। अचानक आउने नोटिफिकेसनले बच्चाको दिमागलाई उसले गरिरहेको कामबाट हटाएर अर्को एप तर्फ मोडिदिन्छ। प्रोफेसरले बताएअनुसार सोशल मिडिया बाकी डिजिटल मिडियाबाट बिल्कुल फरक तरिकाले दिमागमा हस्तक्षेप गर्छ।

स्टडीका तथ्यहरू अनुसार, नौ वर्षको उमेरमा बच्चाहरू लगभग ३० मिनेट सोशल मिडियामा बिताउँछन्, तर १३ वर्षको उमेरसम्म यो समय बढेर करिब २.५ घण्टा पुग्छ। यो चिन्ताको कुरा हो किनकि धेरै सोशल मिडिया प्लेटफर्ममा अकाउन्ट खोल्ने न्यूनतम उमेर १३ वर्ष निर्धारण गरिएको छ, तर बच्चाहरू पहिले नै ती प्लेटफर्मबाट प्रभावित हुन थालेका छन्।

रिसर्चको निष्कर्ष यसो भन्छ कि समस्या केवल स्क्रिन टाइम मात्र होइन। एपहरूको डिजाइन, नोटिफिकेसन, अपडेट्स र अनन्त स्क्रोलिङ लगायतका तत्त्वहरूले बच्चाहरूको मस्तिष्कमा संरचनात्मक दबाब बनाउँछन्। यसले उनीहरूको क्षमता, ध्यान र मानसिक सन्तुलनमा प्रत्यक्ष असर गर्छ।