कीवर्डहरू -

प्रविधि पत्रकार मञ्चमा नयाँ कार्यसमिति, अध्यक्षमा दुवाल

प्रविधि पत्रकार मञ्चमा नयाँ कार्यसमिति, अध्यक्षमा दुवाल

 राजधानीमा रहेर सूचना प्रविधिका क्षेत्रमा कलम चलाउँदै आएका व्यावसायिक पत्रकारहरुको संस्था ‘प्रविधि पत्रकार मञ्च (टीजेफ)’ ले नयाँ नेतृत्व पाएको छ ।

बुधबार बिहान सम्पन्न संस्थाको १२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट पूर्णभक्त दुवालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । दुवाल यसअघि संस्थाका उपाध्यक्ष थिए ।

नयाँ कार्यसमितिमा संस्थाको उपाध्यक्षमा गणेश सुवेदी, सचिवमा अनिल न्यौपाने, सहसचिव हिक्मत आचार्य र कोषाध्यक्षमा सजना बराल चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा कमल केसी, शिव बस्नेत, युवराज गौतम र मुना कुँवर चयन भएका छन् । कुल ११ सदस्यीय कार्यसमितिमा बाँकी दुई जना सदस्यहरु कार्यसमिति बैठकले नियुक्त गर्ने भएको छ ।