कीवर्डहरू -

गुगल क्रोममा नयाँ फिचर : अब स्क्रिन सेलेक्ट गरेरै जेमिनीसँग 'स्मार्ट सर्च' गर्न सकिने

गुगल क्रोममा नयाँ फिचर : अब स्क्रिन सेलेक्ट गरेरै जेमिनीसँग 'स्मार्ट सर्च' गर्न सकिने

काठमाडौं । गुगलले आफ्नो लोकप्रिय एआई फिचर 'Circle to Search' जस्तै नयाँ सुविधा 'Select from Screen' सार्वजनिक गरेको छ । क्रोममा जेमिनी (Gemini) प्रयोगकर्ताका लागि ल्याइएको यो फिचरले स्क्रिनमा देखिएको सामाग्रीलाई सिधै चयन (Select) गरेर जेमिनीमा पठाउन सक्ने सुविधा प्रदान गर्छ ।

यसको मद्दतले प्रयोगकर्ताले जानकारी म्यानुअली टाइप नगरी स्क्रिनको कुनै पनि भाग चयन गरेर जेमिनीबाट तुरुन्तै सहायता लिन सक्नेछन् । यो नयाँ फिचर Chrome Vision 149 सँगै क्रमशः  प्रयोगकर्तामाझ उपलब्ध गराइँदैछ ।

कसरी काम गर्छ यसले ?

क्रोमको “Ask Gemini” विकल्पमार्फत प्रयोग गर्न सकिने यो सुविधा मोबाइलको 'Circle to Search' जस्तै गरी काम गर्छ । यस फिचरको मद्दतले प्रयोगकर्ताले स्क्रिनको कुनै निश्चित भाग चयन गरी त्यसबारे जेमिनीसँग प्रश्न सोध्न सक्नेछन् । यसले जानकारी खोज्ने प्रक्रियालाई अझ छिटो, सहज र प्रभावकारी बनाउने गुगलको विश्वास छ ।

यो फिचर कहाँ-कहाँ उपयोगी हुन्छ ?

गुगलका अनुसार क्रोममा उपलब्ध नयाँ 'Select from Screen' फिचर विभिन्न दैनिक कार्यहरूमा उपयोगी हुनेछ:

  • डायाग्रामको व्याख्या: कुनै डायाग्राम वा चित्रको निश्चित भाग चयन गरेर त्यसको स्पष्ट व्याख्या प्राप्त गर्न ।
  • वेबपेज रिडिजाइन: वेबपेजको कुनै खण्डलाई पुनः  डिजाइन गर्न वा परिमार्जन गर्न ।
  • सिर्जनात्मक कार्य: आफ्ना विचारहरूलाई नयाँ स्वरूपमा विकास गर्न र थप एआई सहायता लिन ।