टिकटकले प्रयोगकर्ताको डिजिटल स्वास्थ्य र सचेत अनलाइन बानीलाई सुदृढ बनाउन ‘टाइम एण्ड वेलविङ स्पेश’ नामक नयाँ सुविधा सार्वजनिक गरेको छ। डिजिटल सुरक्षा र प्रयोगकर्ता कल्याणलाई प्राथमिकतामा राख्दै आएको टिकटकले यसअघि फेमिलि पेरिङ, टाइम अवे र किशोर–किशोरीका लागि मेडिटेसन जस्ता उपकरणहरू थपेको थियो।
नयाँ स्पेसमार्फत प्रयोगकर्ताले ध्यान, विश्राम र सकारात्मक व्यवहार विकास गर्ने विभिन्न टुलहरूको प्रयोग गर्न सक्नेछन्। यससँगै अहिलेको स्क्रिन–टाइम पेजलाई हटाएर अफर्मेसनल जर्नल, सुथिङ साउन्ड जेनेरेटर र ब्रिथिङ एक्सरसाइज जस्ता उपयोगी फिचरहरू उपलब्ध गराइएका छन्।
अफर्मेसनल जर्नलमार्फत १२० भन्दा बढी अफर्मेसन कार्ड डाउनलोड वा शेयर गर्न सकिन्छ भने सुथिङ साउन्ड जेनेरेटरले वर्षा, समुद्री छालजस्ता शान्त ध्वनि सुन्न सकिन्छ। ब्रिथिङ एक्सरसाइजले तनाव कम गर्न र मन स्थिर राख्न सहयोग गर्छ।
टिकटकले प्रयोगकर्तामा दीर्घकालीन, सहज र स्वस्थ डिजिटल अभ्यास विकास गर्न चारवटा वेलविङ मिसन पनि सुरू गरेको छ । आठ हप्ते स्लिप आवर्स मिसन अन्तर्गत प्रयोगकर्ताले निर्धारित समयभित्र स्क्रीन प्रयोग नियन्त्रण गर्दै भर्चुअल वेलबिङ ट्री बढाउन सक्छन्।
त्यस्तै, दैनिक सीमाभित्र रहेर फोन प्रयोग गर्दा दैनिक स्क्रिन टाइम ब्याज पाउने तथा हरेक हप्ता स्क्रिन टाइम रिपोर्ट हेर्ने विक्ली मिसन उपलब्ध गराइएको छ। वेलबिङ एम्बास्डर सिसनमार्फत प्रयोगकर्ताले आफ्ना साथीहरूलाई पनि सहभागी गराई सामूहिक रूपमा स्वस्थ डिजिटल बानी बनाउन प्रेरित गर्न सक्ने सुविधा छ।
यी टुलहरू टिकटकको डिजिटल वेलनेस ल्याबको अनुसन्धान र युथ काउन्सिलका सुझावका आधारमा विकास गरिएका हुन्। प्रारम्भिक परीक्षणमा अफर्मेसन जर्नल नै सबैभन्दा बढी लोकप्रिय भएको कम्पनीले जनाएको छ।
नयाँ स्पेसमा सहज पहुँच सुनिश्चित गर्न, प्रयोगकर्ताको दैनिक स्क्रिन–टाइम लिमिट पुग्दा वा स्लिप आवर्स सक्रिय हुँदा एपमै सोही स्पेसमा पुग्ने लिंक देखाइनेछ। टेक अ ब्रेक भिडियोहरूमार्फत पनि वेलबिङ पेजतर्फ निर्देशित गरिनेछ।
टिकटकले आगामी दिनमा थप वेल–बीइंग फिचरहरू विस्तार गर्दै यी उपकरणहरूलाई प्लेटफर्मको अनुभवमै बढी गहिरोसँग एकीकृत गर्ने योजना बनाइरहेको छ। कम्पनीका अनुसार, यी पहलहरू टिकटक कम्युनिटीलाई केवल मनोरञ्जन मात्र होइन, शारीरिक तथा मानसिक सु–स्वास्थ्यलाई सुदृढ गर्ने सकारात्मक डिजिटल वातावरण उपलब्ध गराउने लक्ष्यअनुरूप अघि बढाइएका हुन्।
टिकटक छोटो मोबाइल भिडियोको विश्वकै अग्रणी प्लेटफर्म हो, जसको उद्देश्य सृजनशीलतालाई प्रेरित गर्नु र खुशी बाँड्नु हो। यसको मुख्यालय लस एन्जेलस र सिंगापुरमा छ भने न्युयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल तथा टोकियोमा कार्यालयहरू रहेका छन्।
आईसीटी समाचार