नेपाली क्यालेन्डर वेब एप ‘नेपक्यालेण्डर’ सञ्चालनमा आएको छ। नेपक्यालेण्डरले लोड हुन धेरै समय लाग्ने र अनावश्यक कुराहरूले धेरै ठाउँ लिने समस्यालाई समाधान गर्ने दावी गरिएको छ।
यो एप मोबाइलमा छिटो लोड हुने र अहिलेसम्म बजारमा आएका क्यालेण्डर एपको तुलनामा बढी प्रयोगकर्ता मैत्री रहेको बताइएको छ। साथै, यसमा अत्यावश्यक कुरा मात्र समावेश गरिएको हुनाले यो सफा देखिनुका साथै प्रयोग गर्न सजिलो हुने दावी गरिएको छ।
नेपालजस्तो भौगोलिक असमानता भएको ठाउँमा मोबाइल डाटाको बचत गरी प्रयोगकर्तालाई फाइदा पुर्याउने जनाइएको छ । यो नेपाली र विदेशी दुवैको सजिलोका लागि नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध रहेको उनले थप जानकारी दिए।