कीवर्डहरू -

एआई सुविधासहित नयाँ सर्च इन्जिन सार्वजनिक, गूगललाई टक्कर दिने

एआई सुविधासहित नयाँ सर्च इन्जिन सार्वजनिक, गूगललाई टक्कर दिने

सर्च इन्जिनमा गुगलको वर्चस्व छ । विश्वमा अधिकांश प्रयोग हुने सर्च इन्जिनमा गूगल पर्छ । गुगल बाहेक अन्य सर्च इन्जिनहरू पनि बजारमा छन् तर उनीहरूको लोकप्रियता कम छ ।

यसैबीच नयाँ सर्च इन्जिन समेत सार्वजनिक भएको छ । यसले विद्यमान सर्च इन्जिनलाई विस्थापित गर्न सक्ने बताइएको छ । यस सर्च इन्जिनको नाम आर्क सर्च हो । 

आर्क सर्च ब्राउजर कम्पनीले आईओएसका लागि आर्क सर्च नामक मोबाइल एप ल्याएको छ । आर्क सर्च एप ब्राउजर भएतापनि यसले सर्च इन्जिनको रूपमा काम गर्छ र यसमा आर्टिफिसियल इन्टेलिजेन्स -एआई_ को सपोर्ट रहेको छ । 

आर्क सर्चमा केही खोज्दा गूगलमा सर्च गरे जस्तै यसले पनि विभिन्न वेबपेज सिर्जना गर्नेछ । आर्क सर्चसँग एआई च्याटबट पनि उपलब्ध छ, जुन अन्य ब्राउजरहरूमा उपलब्ध छैन् ।

हाल यो आईओएसमा मात्र उपलब्ध छ तर चाँडै नै वेब संस्करणको लागि आर्क सर्च पनि सुरु हुँदैछ । यसको साथमा, त्यहाँ आर्क एनिवेयरको लागि समर्थन पनि हुनेछ, जसले सबै सर्चलाई एकै ठाउँमा सिंक गर्नेछ ।