ओपनएआईले च्याटजीपीटीमा नयाँ सुरक्षित राउटिङ प्रणाली र अभिभावक नियन्त्रण (Parental Controls) सुविधा सुरु गरेको छ।
नयाँ ‘राउटिङ सिस्टम’ले संवेदनशील कुराकानीलाई चिन्न सकेपछि स्वचालित रूपमा जीपीटी ५ मोडेलमा स्विच गर्नेछ, जसलाई कम्पनीले सुरक्षित रूपमा उत्तर दिन सक्षम मानेको छ।
अभिभावक नियन्त्रणमार्फत अभिभावकहरूले आफ्ना छोराछोरीको प्रयोग नियन्त्रण गर्न सक्नेछन्। यसमा क्वाइट आवर राख्ने, भ्वाइस मोड वा इमेज जेनेरेसन बन्द गर्ने, मोडेल प्रशिक्षणमा डाटा प्रयोग नगर्ने जस्ता विकल्प छन्।
किशोरकिशोरीहरूको खातामा हिंसात्मक वा हानिकारक सामग्री कम देखिने र आत्महानीसम्बन्धी संकेत देखिएमा कम्पनीले अभिभावकलाई सचेत गराउने सुविधा पनि छ।
यी नयाँ फिचरलाई केहीले स्वागत गरेका छन् भने केहीले वयस्क प्रयोगकर्तालाई अनावश्यक रूपमा नियन्त्रण गरिएको भन्दै आलोचना गरेका छन्। ओपनएआईले प्रणालीलाई अझै सुधार्दै लैजाने जनाएको छ।
लामो समयसम्म च्याटजीपीटीसँग संवाद गरेपछि एक किशोरले आत्महत्या गरेको घटनामा ओपनएआईविरुद्ध मुद्दा दायर भएपछि नयाँ सुविधा ल्याइएको हो ।
जीपीटी–५ मा ‘safe completions’ नामक नयाँ सुरक्षा प्रविधि प्रयोग गरिएको छ, जसले संवेदनशील प्रश्नहरूमा सुरक्षित तरिकाले जवाफ दिन सक्ने दाबी गरिएको छ।
यसअघि जीपीटी–४o लगायतका मोडेलहरूलाई धेरै ‘agreeable’ भएको भन्दै आलोचना भएको थियो।