गुगल डाइभले नयाँ सुरक्षा फिचर सार्वजनिक गरेको छ, जसले र्यानसमवेयर पत्ता लगाउने र प्रभावित फाइलहरूलाई स्वतः पुनःस्थापना गर्ने सुविधा प्रदान गर्छ।
गुगल डाइभ प्रयोग गर्नेहरूका लागि अब क्लाउडमा राखिएका फाइलहरू र्यानसमवेयर आक्रमणबाट अझ सुरक्षित हुनेछन्। यसले प्रयोगकर्तालाई फिरौतीको डरबाट जोगाउनुका साथै मानसिक शान्ति पनि प्रदान गर्नेछ।
गुगलले गत वर्ष सेप्टेम्बरमा यो नयाँ गुगल डाइभ फिचरको बिटा परीक्षण सुरु गरेको थियो। त्यसबेला यसले र्यानसमवेयरका लागि फाइलहरू स्क्यान गर्ने सुविधा दिएको थियो। अहिले गुगलले आधिकारिक रूपमा वर्कस्पेस अपडेट्स ब्लगमार्फत र्यानसमवेयर डिटेक्सन र फाइल रिस्टोरेसन फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको घोषणा गरेको छ।
यो नयाँ सुविधामार्फत आक्रमण भएमा फाइलहरू स्वतः आक्रमणअघिको अवस्थामा फर्काइनेछन्, जसले प्रयोगकर्तालाई ह्याकरहरूलाई पैसा तिर्नुपर्ने बाध्यता हटाउनेछ।
यदि कम्प्युटरमा गुगल डाइभको डेस्कटप संस्करण स्थापना गरिएको छ भने, एपले र्यानसमवेयर पत्ता लगाउनेबित्तिकै स्वतः क्लाउड सिङ्क रोकिनेछ।
सामान्य प्रयोगकर्तालाई र्यानसमवेयरसम्बन्धी चेतावनी बक्स देखाइनेछ र त्यसपछि के गर्नुपर्ने भन्नेबारे निर्देशन दिइनेछ। कार्यस्थलका कम्प्युटरमा र्यानसमवेयर देखिएमा आईटी व्यवस्थापकहरूलाई पनि इमेलमार्फत जानकारी गराइनेछ।
गुगलले र्यानसमवेयर सुरक्षा र फाइल पुनःस्थापना सुविधा दुवै ल्याएको छ। यदि तपाईं र्यानसमवेयरको शिकार हुनुभयो भने, यसले फाइलहरूलाई आक्रमणअघि जस्तै अवस्थामा फर्काउन मद्दत गर्नेछ।
पहिले, फाइलहरू पुनः प्राप्त गर्न ह्याकरहरूलाई ठूलो रकम तिर्नुपर्ने अवस्था थियो। अब प्रयोगकर्ताले र्यानसमवेयरले लक गरेका फाइलहरूलाई एकै पटक समूहमा, आक्रमणअघि रहेको अवस्थामा सजिलै पुनःस्थापना गर्न सक्नेछन्।
आईसीटी समाचार