कीवर्डहरू -

ओपनएआईको नयाँ अपडेट : फ्री प्रयोगकर्ताले पनि अब अनलिमिटेड टेक्स्ट च्याट गर्न पाउने

ओपनएआईको नयाँ अपडेट : फ्री प्रयोगकर्ताले पनि अब अनलिमिटेड टेक्स्ट च्याट गर्न पाउने

काठमाडौं । ओपनएआईले च्याटजीपीटीका सबै प्रयोगकर्ताका लागि टेक्स्ट च्याटको सीमा हटाउने घोषणा गरेको छ । कम्पनीले साप्ताहिक १ अर्ब प्रयोगकर्ता पुगेको उपलब्धिको अवसरमा यो घोषणा गरेको हो । नयाँ अपडेटअनुसार अब फ्री र गो प्रयोगकर्ताले पुरानो GPT-5.5 को सट्टा नयाँ GPT-5.6 Luna लाई डिफल्ट मोडलका रूपमा प्रयोग गर्न पाउनेछन् ।

यससँगै फ्री र गो प्रयोगकर्ताले जटिल प्रश्नहरूको समाधानका लागि एआईलाई थप गहिराइमा सोच्न सक्षम बनाउने नयाँ Think बटन पनि प्रयोग गर्न सक्नेछन् । यद्यपि, फाइल अपलोड, इमेज विश्लेषण, भ्वाइस सुविधा तथा इमेज जेनेरेसनजस्ता अन्य सेवाहरूमा भने पहिलेकै प्रयोग सीमा कायम रहने ओपनएआईले जनाएको छ ।

यता, च्याटजीपीटी प्लस र प्रो प्रयोगकर्ताले सुधारिएको GPT-5.6 Sol मोडल प्राप्त गर्नेछन्, जुन अझ छिटो कार्यसम्पादन र बढी सटीक उत्तर दिन सक्ने गरी विकास गरिएको कम्पनीले जनाएको छ । साथै, जटिल प्रश्नहरूको उत्तर खोज्दा एआईले कति गहिराइमा सोच्ने भन्ने कुरा प्रयोगकर्ताले स्लाइडरमार्फत आफैं समायोजन गर्न सक्ने सुविधा पनि थपिएको छ ।

सुधारिएको GPT-5.6 Sol मोडल प्लस र प्रो प्रयोगकर्ताका लागि आजैदेखि उपलब्ध हुनेछ । फ्री र गो प्रयोगकर्ताका लागि GPT-5.6 Luna तथा अन्य नयाँ सुविधाहरू भने यसै हप्तादेखि क्रमश: लागू हुनेछन् । कम्पनीका अनुसार अर्को हप्तादेखि फ्री प्रयोगकर्ताले अनलिमिटेड टेक्स्ट च्याट र जटिल प्रश्नहरूको समाधानका लागि Think बटन पनि प्रयोग गर्न पाउनेछन् ।