नयाँ वर्ष २०८२ को अवसरमा सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले ‘लाइट अप विथ न्यु कुकिङ एक्सपेरियन्स’ नामक अभियानको शुभारम्भ गरेको छ ।
यस अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका किचन उपकरणहरूमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन् ।
यस अभियान अन्तर्गत, ग्राहकहरूले एलिका का किचन उपकरणहरू जस्तै कुकटप/हब, कुकिङ रेन्ज, बिल्ट–इन ओभन/माइक्रोवेभ, र चिम्नी खरिद गर्दा निःशुल्क सीजी इलेक्ट्रिक केटल प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूको सुविधाका लागि सिजी इलेकट्रोनिक्सले १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, शून्य प्रतिशत ईएमआई र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि प्रदान गरिएको छ ।