कीवर्डहरू -

टेलिकमकी प्रबन्ध निर्देशक अर्यालले गरिन पदभार ग्रहण, संस्थालाई थप उचाइमा लैजाने प्रतिवद्धता

टेलिकमकी प्रबन्ध निर्देशक अर्यालले गरिन पदभार ग्रहण, संस्थालाई थप उचाइमा लैजाने प्रतिवद्धता

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा नियुक्त संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । 

भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा चार वर्षको नियुक्त गरेको थियो ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता व्यक्त गरिन् । 

प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. अध्ययन गरेकी छन् ।

२०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिएकी थिइन ।