कीवर्डहरू -

एनएफसीमा प्रविधिमा आधारित चिपसहितको डिजिटल भिजिटिङ कार्ड नेपाल भित्रियो, कति होला मूल्य ?

एनएफसीमा प्रविधिमा आधारित चिपसहितको डिजिटल भिजिटिङ कार्ड नेपाल भित्रियो, कति होला मूल्य ?

नेपालमै पहिलो पटक नियर–फिल्ड कम्युनिकेसन (एनएफसी) डिजिटल कार्डको सुरुवात भएको छ । यो चिप प्रविधिमा आधारित पेपरलेस डिजिटल भिजिटिङ कार्ड हो । 

एटिएम कार्ड बोकेझैँ गरी लिएर हिँड्न मिल्ने यसको चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरणहरू राखिएको हुन्छ । यसले गर्दा प्रयोगकर्ताको आफ्नो जानकारीहरू सजिलै सँगै अन्य व्यक्तिहरूलाई दिन सकिन्छ र मोबाइल नम्बर, इमेल र अन्य जानकारीहरू सजिलो र बिना झन्झटिलो तरिकाबाट दिन सकिन्छ ।

चिपको माध्यमबाट कार्डलाई मोबाइल ‘टच’ र वा क्यामरामा ‘स्क्यान’ गरिसकेपछि सिधै मोबाइल फोनको ‘कनट्याक्ट लिस्टमा सेभ गर्न सकिन्छ । विकसित मुलुकहरूमा सन् २००० मा यो कार्ड प्रयोगमा आएको भएता पनि हाल दुई युवा दिवाकर अर्याल र सरोज बानियाँले इभाज कार्ड प्रालिमार्फत नेपालमा भित्राएका हुन् । 

व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टा भिजिटिङ कार्ड, अनलाइन र अफलाइन दुबैमा प्रयोग गर्न मिल्ने, प्रिमियर क्वालिटी, एकपटक प्रिन्ट गरिसकेपछि सधैँका लागि हुने, व्यक्तिगत नाम ‘ईम्बोस्ड’ प्रिन्ट हुने लगायतका अन्य थुप्रै विशेषता रहेका छन् । 

यसका साथै कम्पनी वा बिजनेस प्रमोसनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत गुगल ‘रिभ्यू’ कार्ड र फलोअर्स कार्डको पनि सुरुवात गरेको छ, जसले आफ्नो कम्पनी वा व्यवसायको बारेमा कार्ड स्क्यान गरेर ‘रिभ्यू’ दिन सकिने कम्पनीले जनाएको छ ।

कार्डको सफ्टवेयर एआई प्रविधिमा निर्माण गरिएको, प्रयोगकर्ताका लागि आफ्नो छुट्टै ड्यासबोर्ड हुने, आफूले चाहेको बेलामा अपडेट तथा डिलिट गर्न मिल्ने हुन्छ । यसको डाटाहरूलाई सुरक्षित गर्नका लागि सबै सुरक्षा प्रविधिहरू अपनाइएकोले डाटा हराउने तथा दुरुपयोगको जोखिम नहुने’ कम्पनीका प्रबन्ध निर्देशक बानियाँले जानकारी दिए । 

कार्डको सुरुवाती मूल्य ४ हजार राखिएको छ, जसमा कम्पनीले आकर्षक कार्ड बक्ससहित कार्ड उपलब्ध गराउने जनाएको छ ।