कीवर्डहरू -

एनएमबि बैंकले पायो इन्टरप्राइजतर्फको डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५

एनएमबि बैंकले पायो इन्टरप्राइजतर्फको डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५ (इन्टरप्राइज सेक्टर) एनएमबि बैंकले प्राप्त गरेको छ ।

शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा एनएमबि बैंकलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५ (इन्टरप्राइज सेक्टर) प्रदान गरिएको हो । 

यस विधामा निजी क्षेत्रका कर्पोरेट संस्थाहरु, लिमिटेड वा कम्पनीहरुले सर्वसाधारणहरूलाई दिने सेवाहरुको आधारमा अवार्डको नोमिनेसनमा सहभागी हुन सक्नेछन् । 

आफ्नो परम्परागत सेवा प्रणालीलाई आधुनिकीकरण गर्दै प्रविधिमार्फत सेवा दिने लक्ष्यसाथ केन्द्रित इन्टरप्राइज तथा कर्पोरेट संस्थाहरूलाई यो अवार्ड प्रदान गरिन्छ ।

बैंकिङ सेवालाई सरल र प्रविधिमैत्री बनाइरहेको नेपालको अग्रणी बैंक हो, एनएमबि बैंक। बैंकले अनलाइनबाटै खाता खोल्ने, भिडियो केवाईसी, फन्ड ट्रान्सफर, कर्जा सुविधा, एटीएम कार्ड ब्लक, चेक बुक/रोक्का, डलर कार्ड, ब्यालेन्स सर्टिफिकेट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी जस्ता सेवाहरू प्रदान गर्दै आएको छ। 

काठमाडौंमा मुख्य कार्यालय रहेको बैंकको हाल अधिकांश कारोबार अनलाइनबाटै हुने गरेको छ।

एन्ड्रोइड फोनलाई पस मेसिनको रूपमा प्रयोग गर्न मिल्ने बैंककको सफ्टपस सेवाले साना तथा मझौला उद्यम, पर्यटन व्यवसाय र अन्य व्यवसायीलाई सहज बनाइरहेको छ। 

आगामी दिनमा एनएमबि बैंकले बैंकिङ सेवालाई पेपरलेस बनाउने योजना अनुसार काम गरिरहेको छ ।