कीवर्डहरू -

ब्लुटुथ कनेक्ट हुँदैन? जान्नुहोस् पेयरिङ नहुने कारण र सजिलो समाधान

ब्लुटुथ कनेक्ट हुँदैन? जान्नुहोस् पेयरिङ नहुने कारण र सजिलो समाधान

ब्लुटुथ आजकल लगभग हरेक डिभाइसमा इनबिल्ट हुन्छ — वायरलेस इयरबड्स, फिटनेस ट्र्याकर, ल्यापटप, कार, स्मार्ट होम डिभाइस, सबैमा । सन् २०२३ मा मात्र विश्वभर ५.७ अर्बभन्दा धेरै ब्लुटुथ–सपोर्टेड प्रोडक्टहरू सप्लाइ गरिएको थियो र सन् २०२७ सम्म यो संख्या ७.६ अर्ब पार गर्न सक्ने अनुमान छ ।

आज ब्लुटुथको सबैभन्दा बढी प्रयोग संगीत र मल्टिमिडिया प्रयोगका लागि हुँदैछ, तर जब यसले काम गर्दैन, त्यति नै झन्झटिलो पनि हुन्छ । यदि तपाईंले कहिले हेडफोन कननेट गर्ने प्रयास गर्दा कननेट नभएको अनुभव गर्नुभएको छ भने, तपाईं मात्र एक्लो होइन । आउनुहोस्, बुझौं ब्लुटुथ पेयरिङमा समस्या किन आउँछ र यसलाई कसरी समाधान गर्न सकिन्छ ।

ब्लुटुथ हार्डवेयर र सफ्टवेयर दुवैमा निर्भर गर्छ। दुबै डिभाइसले २.४ गीगाहर्ज फ्रिक्वेन्सी र एउटै प्रकारको ब्लुटुथ प्रोफाइल सपोर्ट गर्नु आवश्यक हुन्छ । उदाहरणका लागि — तपाईंले माउसलाई कारसँग पेयर गर्न सक्नुहुन्न, किनभने कारमा ‘ह्युमन इन्टरफेस डिभाइस अस्पताल’ हुँदैन् । सामान्यतया ब्लुटुथ सफ्टवेयर ब्याकवर्ड कम्प्याटिबल हुन्छ। यसको मतलब ब्लुटुथ ५ को डिभाइस, द्यगिभतययतज २.१ को डिभाइससँग पनि कननेट हुन सक्छ । तर कहिलेकाहीं संस्करणको ठूलो फरकका कारण पेयरिङमा समस्या आउन सक्छ ।

ब्लुटुथ पेयरिङको समस्या र समाधानहरू

ब्लुटुथ अन छ कि छैन, जाँच गर्नुहोस्
सबैभन्दा पहिले फोन वा अन्य डिभाइसमा ब्लुटुथ अन छ कि छैन, जाँच गर्नुहोस् ।  एन्ड्रोइडमा माथि आइकन देखिन्छ, आईफोनमा सेटिङ्समा गएर हेर्न सकिन्छ ।

डिभाइसको पेयरिङ प्रक्रिया बुझ्नुहोस्
केही डिभाइसहरूमा सिधै पेयरिङ हुन्छ, तर केहीमा सुरक्षा कोड राख्नुपर्ने हुन्छ । प्रक्रिया थाहा नभएमा प्रोडक्टको यूजर म्यानुअल गुगल गर्नुहोस् ।

पेयरिङ मोड अन गर्नुहोस्
हेडफोन, स्पिकर जस्ता एक्सेसोरीहरू दष्लिपष्लन लाइटबाट पेयरिङ मोडमा जान्छन ्। यदि मोड आउँदैन भने “ हाउ टू पुट [डिभाइसको नाम] इन्टूप्येरिंग मोड” सर्च गर्नुहोस् ।

डिभाइसहरू बीचको दूरी कम गर्नुहोस्
पेयरिङको समयमा डिभाइसहरू एक–अर्काबाट ५ फिटको दायराभित्र हुनु आवश्यक हुन्छ ।

ब्लुटुथ बन्द गरेर फेरि चालु गर्नुहोस्

फोनमा एयरप्लेन मोड अन–अफ गरेर वा डिभाइस पुनः सुरु (रिस्टार्ट) गरेर पनि समस्या समाधान हुन सक्छ ।

पुराना कनेक्शन व्यवस्थापन गर्नुहोस्

ब्लुटुथ एक्सेसोरीहरू एकपटकमा १–३ डिभाइससँग मात्र जोडिन सक्छन्, तर कनेक्शन हिस्ट्री धेरै हुन सक्छ । अरू डिभाइसबाट डिस्कनेक्ट गर्नुहोस् वा डिभाइसलाई रिसेट गर्नुहोस् । 

दुबै डिभाइस चार्ज छन् कि छैनन्, हेर्नुहोस्

ब्याट्री कम हुँदा ब्लुटुथ बन्द हुन सक्छ । दुवै डिभाइसको ब्याट्री चेक गर्नुहोस्।

वाईफाई राउटरबाट टाढा रहनुहोस्

वाईफाई पनि २.४ गीगाहर्ज ब्यान्डमै चल्ने भएकोले ब्लुटुथमा हस्तक्षेप हुन सक्छ। पेयरिङ गर्दा राउटरबाट केही दूरीमा रहनुहोस् ।

स्मार्ट होम डिभाइसहरूबाट टाढा बस्नुहोस्

यस्ता डिभाइसहरू पनि यही फ्रिक्वेन्सीमा काम गर्छन् । त्यसैले पेयरिङ गर्दा ती डिभाइसहरूबाट टाढा बस्नुहोस् ।

ल्यापटपको यूएसबी ३.० वा यूएसबी–सी पोर्टबाट टाढा बस्नुहोस्

यस्ता पोर्टहरूबाट निस्किने फ्रिक्वेन्सीले ब्लुटुथमा समस्या ल्याउन सक्छ । त्यसैले ब्लुटुथ डिभाइसहरू यी पोर्टहरूबाट टाढा राख्नुहोस् ।