मेटाको फोटो भिडियो सेयरिङ प्लेटफर्म इन्स्टाग्राममा अब गेम समेत खेल्न सकिने भएको छ । एपलाई अझै रोचक बनाउन इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि लुकेको पोङ गेम फिचर ल्याएको हो ।
यो सुविधाले इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई इमोजीहरूमार्फत पङ खेल्न अनुमति दिनेछ । इन्स्टाग्राम डिएममा पठाइएको कुनै पनि इमोजीमा ट्याप गरेर पोङ गेम पहुँच गर्न सकिने छ ।
यो गेम गुगल क्रोम भित्र निर्मित टी–रेक्स गेम जस्तै देखिन्छ, जुन इन्टरनेट बन्द हुँदा खेल्न सकिन्छ । इन्स्टाग्राममा नयाँ गोप्य पोङ गेम प्लेटफर्ममा व्यस्त राख्ने र रिलहरू सेयर गर्न वा पोस्टहरू अपलोड गर्ने बाहेक प्रयोगकर्तालाई नयाँ अनुभव दिने तरिका हो ।
कसरी इन्स्टाग्रामको लुकेको पोंग खेल खेल्ने ?
इन्स्टाग्राममा कुनै पनि साथीको डाइरेक्ट मेसेज (डिएम) खोल्नुहोस् । अब आफ्नो मनपर्ने कुनै पनि इमोजी पठाउनुहोस्, जुन तपाईंले पंगको रूपमा प्रयोग गर्न चाहनुहुन्छ ।
त्यसपछि इमोजीमा ट्याप गर्नुहोस् । अनि यो बाउन्सिङ बलमा परिणत हुनेछ । अब तपाई बाउन्सिङ बल र स्कोर हिट गर्न तलको स्लाइडर प्रयोग गर्न सक्नुहुन्छ ।
प्रत्येक हिट पछि तपाईंले एक अंक कमाउनुहुनेछ । प्रत्येक पाँच हिट पछि खेलको गति बढ्नेछ । यदि तपाईंको बल स्लाइडरमा ठोक्न छुटेको छ भने खेल समाप्त हुनेछ र तपाईंले नयाँ खेल सुरु गर्नुपर्नेछ ।