के तपाईं पनि इन्स्टेन्ट म्यासेजिङ एप ह्वाट्सएप को वेब प्रयोगकर्ता हुनुहुन्छ? भने तपाईंका लागि कम्पनी एक नयाँ फिचर ल्याउँदैछ, जसले एप भित्रै एक केन्द्रिय स्थानमा सबै हालसालैका मिडिया फाइलहरू सुरक्षित राख्नेछ ।
हालै ह्वट्सएप वेबको बेटा अपडेटमा यो नयाँ फिचर देखिएको छ । वाबेटाइनफो को रिपोर्ट अनुसार, यस्तै प्रकारको एक फिचर पहिले एन्ड्रोइड २.२४.१३.४ को ह्वाट्सएप बेटा संस्करणमा देखिएको थियो ।
हालसम्म यो फिचर ह्वाट्सएप मोबाइल एपमा उपलब्ध गराइएको छैन् । तर अब यस्तै फिचर ह्वट्सएप वेबका लागि ‘च्याट मिडिया हब’ को नाममा ल्याइँदैछ । खास कुरा के भने, यो फिचर आएपछि तपाईंका मिडिया फाइलहरू हराउने सम्भावना हुँदैन् । तपाईंले सबै मिडिया फाइलहरू एउटै स्थानमा सजिलै हेर्न सक्नुहुनेछ । अब यो विशेष फिचरको विस्तृत जानकारी हेरौँ:
ह्वाट्सएप डेभलपमेन्छ ट्र्याकरले वेब प्रयोगकर्ताहरूका लागि आउँदै गरेको यो नयाँ फिचरको स्क्रिनसट पनि साझा गरेको छ, जुन साइडबारमा देखिनेछ, जसले फाइलहरू खोज्न सजिलो बनाउनेछ ।
रोलआउट भएपछि, प्रयोगकर्ताहरूले च्याटमा सेयर गरिएका मिडिया फाइलहरू: फोटो, भिडियो, र जिआईएफमा सजिलै पहुँच पाउनेछन् । यसको मतलब, अब तपाईंलाई फरक–फरक च्याटमा गएर मिडिया खोजिरहनु पर्ने छैन् ।
ह्वाट्सएप वेबमा च्याट मिडिया हब फिचरमार्फत इमेज, भिडियो, लिंक र डकुमेन्ट व्यवस्थापन गर्न सकिनेछ ।
ह्वाट्सएप एक यस्तो फिचर विकास गर्दैछ, जसले सबै च्याटमा सेयर गरिएका इमेज, भिडियो, जिआईफ, डकुमेन्ट र लिंकहरूलाई एउटै स्थानमा केन्द्रीकृत रूपमा व्यवस्थापन गर्नेछ ।
मिडिया फाइलहरूको अतिरिक्त, यो नयाँ फिचरले फाइल पठाउने व्यक्तिको नाम, मिति र फाइल साइजजस्ता विवरणहरू पनि देखाउनेछ । साथै, यसमा किवर्ड–बेस्ड सर्च र फिल्टर को सुविधा पनि हुनेछ, जसले प्रयोगकर्ताहरूलाई मिति अनुसार सामग्री व्यवस्थापन गर्न र खोज्न सजिलो बनाउनेछ ।
रिपोर्टअनुसार, नयाँ फिचरसँगै प्रयोगकर्ताहरूलाई ’सेलेक्ट बटन’ पनि दिइनेछ, जसबाट धेरै फाइलहरू एकैपटक चयन गरेर डिलिट, डाउनलोड वा फर्वार्ड गर्न सकिनेछ ।
यसले प्रयोगकर्ताहरूलाई सेयर गरिएका सबै मिडिया र डकुमेन्टहरूलाई समूह बनाएर हेर्न, डिभाइसको स्टोरेज व्यवस्थापन गर्न, र अनावश्यक वा ठूला फाइलहरू खोजी गरी हटाउन पनि मद्दत गर्नेछ ।