आर्टिफिसियल इन्टेलिजेन्स एआई कम्पनी ओपनएआईले आफ्ना प्रयोगकर्ताका लागि ठूलो परिवर्तन गरेको छ। कम्पनीले अहिले आफ्नो सोरा एपमा एआई भिडियो जनरेट गर्ने सुविधा आंशिक रूपमा पेड बनाउँदैछ। यसको अर्थ यो हो कि प्रयोगकर्ताले अब एक निश्चित सीमा पार गरेपछि अतिरिक्त भिडियोहरू बनाउन शुल्क तिर्नुपर्नेछ।
सोरा एप ओपनएआईको त्यस्तो प्लेटफर्म हो जहाँ प्रयोगकर्ताले मात्र टेक्स्ट टाइप गरेर भिडियो जनरेट गर्न सक्छन्। यो एप च्याटजीपीटी र डैले-ई जस्ता ओपनएआईका उन्नत जनरेटिभ एआई उपकरणहरूमध्ये एक हो। अहिलेसम्म कम्पनीले यो सुविधा निःशुल्क उपलब्ध गराउँदै आएको थियो, तर प्रयोग बढ्दै गएपछि र लागत थपिएको कारणले अब यसमा टप-अप मोडेल थपिएको छ।
ओपनएआईका सोरा प्रोजेक्टका प्रमुख बिल पेबल्सले बताएका अनुसार यदि कुनै प्रयोगकर्ताले आफ्नो दैनिक लिमिट पूरा गर्यो भने अब उसले ४ डलर तिरेर १० अतिरिक्त भिडियो जनरेट गर्न सक्नेछ। कम्पनीले यसलाई मोबाइल डेटा प्याक सकिएपछि रिचार्ज गर्ने कार्यसँग तुलना गरेको छ र यसलाई टप-अप मोडेल भनिएको छ।
फ्री प्रयोगकर्ताहरू र सब्स्क्राइबरहरूका लागि के बदलिन्छ? च्याटजीपीटी प्लस प्रयोगकर्ताहरूलाई हरेक दिन ३० नि:शुल्क भिडियो जनरेशनको सुविधा मिल्नेछ। च्याटजीपीटी प्रो प्रयोगकर्ताहरूलाई प्रत्येकदिन १०० नि:शुल्क भिडियो जनरेशन उपलब्ध हुनेछ। यी सीमाहरू पार गरेपछि प्रयोगकर्तालाई ४ डलर तिरेर १० अतिरिक्त भिडियो बनाउन पाइनेछ।
ओपनएआईले भनेको छ कि कम्पनीलाई आफ्ना डाटा सेन्टरहरू र एआई मोडेलहरू सञ्चालन तथा मर्मत गर्न अरबौं डलर खर्चिनुपर्छ। यसकारण पूर्णरूपमा निःशुल्क सेवा दीर्घकालमा सम्भव छैन। कम्पनीले आगामी समयमा आफ्ना एआई फिचरहरूलाई प्रिमियम टियर्स र एड-अन प्याकहरूका रूपमा प्रस्तुत गर्ने योजना बनाइरहेको छ।
रिपोर्टहरूका अनुसार ओपनएआई छिट्टैचाँडै च्याटजीपीटीमा विज्ञापन र मेमोरी फिचर थप्ने तयारीमा छ। मेमोरी फिचरले प्रयोगकर्तालाई उनका पुराना च्याटहरू पहुँच गराउनेछ, ठीक त्यस्तै जसरी वेबसाइट कुकीजले गर्छ। यदी यो डाटा पर्सनलाइज्ड विज्ञापन देखाउन प्रयोग गरियो भने यसले डाटा प्राइभेसी सम्बन्धि नयाँ बहस उठाउन सक्छ।
ओपनएआईको यो कदम संकेत हो कि एआई सेवाहरूको निःशुल्क युग क्रमशः सकिँदैछ। जति बढी प्रयोगकर्ताहरूले यी टुलहरू प्रयोग गरिरहेका छन्, कम्पनीहरू तिनीहरूलाई मोनेटाइज गर्ने नयाँ तरिका खोजिरहेका छन्। सोरा एपको यो टप-अप मोडेल भविष्यमा एआई भिडियो क्रिएशन उद्योगको नयाँ मापदण्ड बन्न सक्ने सम्भावना देखिन्छ।
                  
                  
              
                                      आईसीटी समाचार