अहिले प्राय सबैको हातमा स्मार्टफोन हुन्छ । स्मार्टफोनले मानिसका विभिन्न कामलाई सहज र सजिलो पनि बनाइदिएको छ ।
हाम्रो स्मार्टफोन धेरै समय इन्टरनेटमै जोडिएको हुन्छ । कहिलेकाँही अनावश्यक लिंकमा पनि क्लिक हुन्छ । त्यस्तो अवस्थामा फोनमा भाइरस छिर्ने सम्भावना अधिक हुन्छ । भाइरस एक प्रकारका मालवेयर हो जसले आफूलाई नयाँ रूप दिन सक्छ ।
एकचोटि भाइरस प्रणालीमा प्रवेश गरेपछि, तिनीहरूको संख्या बढ्दै जान्छ । भाइरसको मद्दतले, ह्याकरहरूले तपाईंको सम्पूर्ण सिस्टमको डाटा चोर्न सक्छन् र तपाईंको प्रणाली पनि कब्जा गर्न सक्छन् ।
फोनमा भाइरस पत्ता लगाउन के गर्ने ?
फोनमा कसरी पुग्छ भाइरस ?
अज्ञात लिङ्कहरूमा क्लिक गरेमा डिभाइसमा भाइरस लाग्न सक्छ । त्यस्ता लिङ्कहरू मेल, ह्वाट्सएप वा सन्देश मार्फत पठाइन्छ ।
जब तपाई यी लिङ्कहरूमा क्लिक गर्नुहुन्छ, तब एउटा साइट खुल्छ र भाइरस तपाईको फोनमा पुग्छ । अज्ञात वा शंकास्पद साइटमा जाँदा फोनमा भाइरसहरू प्रवेश गर्न सक्छन् ।
गुगल प्ले स्टोर वा एप्पल एप स्टोर बाहेक कुनै पनि स्टोरबाट एप डाउनलोड गर्दा सावधानी अपनाउनु एकदमै महत्वपूर्ण हुन्छ ।
होटेल, एयरपोर्ट, रेलवे स्टेशन र बस स्ट्यान्डहरू जस्ता सार्वजनिक स्थानहरूमा तपाईंको फोनलाई सार्वजनिक वाइफाइमा जडान गर्दा पनि खतरा बढ्न सक्छ ।
तपाईको एन्ड्रोइड फोनलाई मालवेयर आक्रमणबाट कसरी बचाउने ?