कीवर्डहरू -

तपाईको फोनमा भाइरस त छैन्? यसरी थाहा पाउनुहोस्

तपाईको फोनमा भाइरस त छैन्? यसरी थाहा पाउनुहोस्

अहिले प्राय सबैको हातमा स्मार्टफोन हुन्छ । स्मार्टफोनले मानिसका विभिन्न कामलाई सहज र सजिलो पनि बनाइदिएको छ ।

हाम्रो स्मार्टफोन धेरै समय इन्टरनेटमै जोडिएको हुन्छ । कहिलेकाँही अनावश्यक लिंकमा पनि क्लिक हुन्छ । त्यस्तो अवस्थामा फोनमा भाइरस छिर्ने सम्भावना अधिक हुन्छ ।  भाइरस एक प्रकारका मालवेयर हो जसले आफूलाई नयाँ रूप दिन सक्छ ।  

एकचोटि भाइरस प्रणालीमा प्रवेश गरेपछि, तिनीहरूको संख्या बढ्दै जान्छ । भाइरसको मद्दतले, ह्याकरहरूले तपाईंको सम्पूर्ण सिस्टमको डाटा चोर्न सक्छन् र तपाईंको प्रणाली पनि कब्जा गर्न सक्छन् ।

फोनमा भाइरस पत्ता लगाउन के गर्ने ?

  • यदि तपाईको फोनमा मालवेयर छ भने गुगलले तपाईलाई यसका लागि अलर्ट पनि पठाउँछ ।
  • यस बाहेक फोनमा धेरै पटक पपअप नोटिफिकेशनहरू त्यस्ता ठाउँमा देखिन्छन् जहाँ तिनीहरू हुनु हुँदैन् ।
  • फोन एक्कासी सुस्त हुनु पनि मालवेयरको संकेत हो । योसँगै यदि तपाईंको फोनको भण्डारण अचानक भरिएको छ भने, तपाईं सतर्क हुन आवश्यक छ ।
  • तपाईको फोनको ब्राउजरले तपाईलाई बारम्बार कुनै अश्लील वा अज्ञात साइटमा रिडिरेक्ट गरिरहेको छ ।
  • तपाईको परिवारका मानिसहरूले तपाईले नपठाएको सन्देशहरू प्राप्त गर्न थाल्छन् ।

फोनमा कसरी पुग्छ भाइरस ?

अज्ञात लिङ्कहरूमा क्लिक गरेमा डिभाइसमा भाइरस लाग्न सक्छ । त्यस्ता लिङ्कहरू मेल, ह्वाट्सएप वा सन्देश मार्फत पठाइन्छ ।

जब तपाई यी लिङ्कहरूमा क्लिक गर्नुहुन्छ, तब एउटा साइट खुल्छ र भाइरस तपाईको फोनमा पुग्छ । अज्ञात वा शंकास्पद साइटमा जाँदा फोनमा भाइरसहरू प्रवेश गर्न सक्छन् ।

गुगल प्ले स्टोर वा एप्पल एप स्टोर बाहेक कुनै पनि स्टोरबाट एप डाउनलोड गर्दा सावधानी अपनाउनु एकदमै महत्वपूर्ण हुन्छ । 

होटेल, एयरपोर्ट, रेलवे स्टेशन र बस स्ट्यान्डहरू जस्ता सार्वजनिक स्थानहरूमा तपाईंको फोनलाई सार्वजनिक वाइफाइमा जडान गर्दा पनि खतरा बढ्न सक्छ ।

तपाईको एन्ड्रोइड फोनलाई मालवेयर आक्रमणबाट कसरी बचाउने ?

  • कुनै पनि अज्ञात स्रोतबाट एप डाउनलोड नगर्नुहोस् ।
  • कुनै पनि एप डाउनलोड गर्नु अघि, यसको समीक्षाहरू पढ्नुहोस् र बुझ्नुहोस् कि एपले तपाईको डेटा कसरी प्रयोग गर्न गइरहेको छ ।
  • आफ्नो फोन र एपहरूमा बलियो पासवर्डहरू प्रयोग गर्नुहोस् ।
  • सबै खाता वा एपहरूको लागि एउटै पासवर्ड प्रयोग नगर्नुहोस् ।
  • समय समयमा आफ्नो फोनको क्यास मेमोरी मेटाउनुहोस् ।
  • आफ्नो ब्राउजिङ इतिहास जाँच गरिरहनुहोस्  र यदि तपाईंले कुनै पनि नप्रयोग गरेको साइट इतिहास देख्नुभयो भने सतर्क हुनुहोस् ।
  • आफ्नो फोनको एप र फोन अपडेट गरिरहनुहोस् ।