कीवर्डहरू -

नयाँ ल्यापटप किन्नु अघि यी कुराहरूलाई ध्यान दिनुहोस्, नभए हजारौं रुपैयाँ बर्बाद हुनसक्छ

नयाँ ल्यापटप किन्नु अघि यी कुराहरूलाई ध्यान दिनुहोस्, नभए हजारौं रुपैयाँ बर्बाद हुनसक्छ

आजभोलि अफिसको कामका लागि ल्यापटपको आवश्यकता पर्छ । ल्यापटपको माध्यमबाट सजिलै कुनै पनि ठाउँबाट काम गर्न सकिन्छ । यदि तपाईंसँग ल्यापटप छैन र पहिलो पटक ल्यापटप किन्ने तयारी गर्दै हुनुहुन्छ भने केही कुरामा ध्यान दिनुहोस् । वास्तवमा, धेरैलाई ल्यापटपको बारेमा सही जानकारी हुँदैन् । यसकारण हतारमा प्रायः गलत ल्यापटप किन्दछन् र पछि धेरै प्रकारका समस्याहरूको सामना गर्नु पर्छ ।

ल्यापटपको डिस्प्ले साइज

नयाँ ल्यापटप किन्ने सोचमा हुनुहुन्छ भने पहिले यो निर्धारण गर्नुहोस् कि तपाईँलाई ल्यापटपको स्क्रिन कति ठूलो चाहिन्छ । साथै, के तपाईँ ठूलो ल्यापटप लिएर कतै यात्रा गर्न सक्नुहुन्छ कि हुन्न् भन्ने पनि विचार गर्नुहोस् ।

ब्याट्री र चार्जिङ

यदि तपाईँ नयाँ ल्यापटप किन्ने सोचमा हुनुहुन्छ भने ल्यापटपका लागि ब्याट्री र चार्जिङ निकै महत्त्वपूर्ण हुन्छ । यदि ल्यापटपको ब्याट्री बढी क्षमता भएको छ भने तपाईँ लामो समयसम्म ल्यापटपमा काम गर्न सक्नुहुन्छ । साथै ल्यापटप किन्ने अघि यो पनि जाँच गर्नुहोस् कि ल्यापटपमा फास्ट चार्जिङको सुविधा छ कि छैन, ताकि ल्यापटपलाई छिट्टै चार्ज गर्न सकियोस् ।

र्याम र प्रोसेसर 

पहिलो पटक वा नयाँ ल्यापटप घर ल्याउने सोचमा हुनुहुन्छ भने ल्यापटपको र्याम र प्रोसेसरको विशेष ध्यान दिनु आवश्यक छ । यदि ल्यापटपमा र्याम कम छ भने ल्यापटप भारी फाइलहरू चलाउँदा छिट्टै ह्याङ्ग गर्न थाल्छ । साथै कम पावर भएको प्रोसेसरले ल्यापटपको क्षमतामा छिट्टै असर पार्छ ।

स्टोरेजमा ध्यान दिनुहोस्

नयाँ ल्यापटप किन्ने अघि एउटा विशेष कुरामा ध्यान दिनुपर्छ कि ल्यापटपको स्टोरेज राम्रो हुनुपर्छ । आजकल एसएसडी स्टोरेजको समय छ । यद्यपि, बजारमा एचडीडी स्टोरेज भएका ल्यापटपहरू पनि पाइन्छन् । एचडीडी भएका ल्यापटपको मूल्य एसएसडीको तुलनामा निकै कम हुन्छ ।