कीवर्डहरू -

सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर वान स्मार्टफोन

सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर वान स्मार्टफोन

ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हाँसिल गर्न सफल भएको छ । आठ हजार भन्दा बढी ग्राहकमा गरिएको एक विशेष सर्भेमा ब्राण्ड प्रति सर्वाधिक सन्तुष्ट ग्राहकहरु नथिङले प्राप्त गर्न सफल भएको हो ।

ब्लोटवेयर फ्रि क्लिन अपरेटिङ् सिस्टमका लागि टेक कम्युनिटीले मुक्त कण्ठले प्रसंसा पाउने नथिङले आफ्नो तेस्रो जेनेरेसनको अपरेटिङ् सिस्टम नथिङ ओएस ३ अक्टुबरमा रोल आउट गर्ने घोषणा हालै गरेको छ । 

null

नथिङले आफ्नो नयाँ बड्स नथिङ इअर ओपनको गत अक्टुवर २६ मा लण्डनमा आयोजित एक समारोहमा अनावरण गर्दै नयाँ अपरेटीङ् सिस्टमको समेत जानकारी दिएको हो । स्मार्टफोन तथा एक्सेसोरिज्का क्षेत्रमा रिभुलेसनरी डिजाईन, एक्सिलेन्ट परफरमेन्स र एफोर्डेबल प्राईसिङ्का माध्यमबाट आम उपभोक्ताको मन हर्न सफल भएको नथिङ नेपाली बजारमा चौधरी समूहले आयात तथा विक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा नथिङले अतुलनिय विक्री पश्चातको सेवा प्रदान गर्ने नीति लिएको छ । नथिङका स्मार्टफोन तथा एक्सेसोरीज्मा कुनैपनि समस्या आएको खण्डमा रिप्लेसमेन्ट दिने वारेन्टी पोलिसी लिएको नथिङले फिजिकल ड्यामेजमा समेत नयाँ नै स्मार्टफोन आफ्ना ग्राहकलाई दिनेछ । यि र यस्तै सेवाग्राही प्रतिको उच्च प्रतिबद्धताका कारण ग्राहक सन्तुष्टिमा नथिङ सर्बोत्कृष्ठ ब्राण्ड बन्न सफल भएको विज्ञहरुको प्रतिक्रिया रहेको छ ।

हाल नेपाली बजारमा नथिङ तथा नथिङको सब ब्राण्ड सिएमएफ बाई नथिङका स्मार्टफोन तथा एक्सेसोरीजहरु सर्बत्र उपलब्ध छन् । भारतीय बजारसँग प्रतिस्पर्धा गर्ने मूल्य, उत्कृठ फिचर र सर्बोत्कृष्ठ विक्री पश्चातको सेवाले नथिङ नेपाली बजारमा दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ ।