कीवर्डहरू -

मेटाले ह्वाट्सएपमा ल्याउँदै ‘क्विक रिक्याप’: एआईद्वारा पाँच च्याट्सको अनरेड मेसेजहरूको तिब्र सारांश

मेटाले ह्वाट्सएपमा ल्याउँदै ‘क्विक रिक्याप’: एआईद्वारा पाँच च्याट्सको अनरेड मेसेजहरूको तिब्र सारांश

मेटा छिट्टै ह्वाट्सएपमा नयाँ एआई-सक्षम फीचर ‘क्विक रिक्याप’ जोड्न गइरहेको छ, जसले प्रयोगकर्ताहरूलाई एकैपटक धेरै च्याट्सका नपढेको मेसेजहरूको तिब्र सारांश दिनेछ। वेबेटाइन्फोको रिपोर्टअनुसार, यो फीचर हाल बिटा टेस्टिङमा छ र भर्खरैको ह्वाट्सएप एन्ड्रोइड बिटा भर्सन २.२५.२१.१२ मा देखिएको हो।

के हो क्विक रिक्याप फीचर?
यो फीचर विशेषगरी तिनीहरूका लागि उपयोगी हुनेछ जो लामो समयदेखि ह्वाट्सएपबाट टाढा थिए र धेरै च्याट्सका नपढेको मेसेजहरू पढ्नुपर्ने अवस्थामा छन्। यो ह्वाट्सएपको पूर्वमै रहेको “मेसेज समरीज” फीचरमा आधारित भए पनि, नयाँ ‘क्विक रिक्याप’ अहिलेसम्मकोभन्दा बढी उन्नत हुनेछ। प्रयोगकर्ताहरू एकैपटक पाँच च्याट्ससम्म सेलेट गर्न सक्नेछन् र एआईमार्फत प्रत्येक च्याटको छोटो सारांश प्राप्त गर्न सक्नेछन्। यसरी तिनीहरूले बारम्बार मेसेज थ्रेड्स स्क्रोल गर्नुपर्ने झन्झटबाट बच्नेछन्।

यो फीचर कसरी प्रयोग गर्ने?

वेबेटाइन्फोले सेयर गरेको स्क्रिनसटअनुसार, प्रयोगकर्ताहरूले ‘च्याट्स’ ट्याबमा गई एक भन्दा बढी च्याट् सेलेट गर्नु पर्नेछ। त्यसपछि माथि देब्रे कोणमा रहेको तीन–डट मेन्यूमा ट्याप गरी ‘क्विक रिक्याप’ अप्सन छान्दा, मेटाको इन–हाउस एआईले अनपढ मेसेजहरूको विश्लेषण गरी सारांश प्रस्तुत गर्नेछ।

रिपोर्टमा भनिएको छ कि यो फीचर मेटाको ‘प्राइभेट प्रोसेसिङ’ प्रविधिसँँग सुसज्जित हुनेछ, जसमा इण्ड–टु–इण्ड इन्क्रिप्सन, सेक्योर इनक्लेभ र आइसोलेटेड कम्प्युटेशनजस्ता प्रविधिहरू प्रयोग गरिने छन्। यसले प्रयोगकर्ताको पूर्ण गोपनीयता सुनिश्चित गर्छ, मेटा वा ह्वाट्सएपले तपाइँका वास्तविक मेसेज वा एआईद्वारा सिर्जना गरिएको सारांश कहिल्यै हेर्न सक्ने छैनन्।

यो नयाँ फीचर पूर्णतः ओप्सनल हुनेछ र डिफल्ट रुपमा अन सक्रिय हुनेछैन। प्रयोगकर्ताहरूले सेटिङ्समा गएर म्यानुअली यसलाई अन गर्नुपर्नेछ। साथै, जहाँ–जहाँ ह्वाट्सएपको ‘एड्भान्स्ड च्याट प्राइभेसी’ सेटिङ लागू छ, ती च्याट्स स्वचालित रूपमा एक्सक्लुड गरिनेछन्।