अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागलेप्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको हो ।
यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर करदाता सेवा कार्यालयहरू खारेज भएसँगै स्थानीय तहबाटै प्यान कार्ड लगायतका सेवा लिने व्यवस्था गरिएको हो ।
स्थानीय तहबाट सो सेवा सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।
विभागअन्तर्गतका कार्यालयको सेवा प्रवाह करदाताको नजिक र प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको विभागले जनाएको छ । साथै तपाईहरू नागरिक एपबाट पनि केही मिनेटमै प्यान कार्ड बनाउन सक्नुहुन्छ ।

आईसीटी समाचार