सुरक्षण मुद्रण केन्द्रले अब दैनिक १० हजार सवारी चालक अनुमतिपत्र छाप्ने तयारी गरेको छ । माघदेखि दैनिक १० हजारका दरले ड्राइभिङ लाइसेन्स छाप्ने तयारी विभागले गरेको हो ।
अहिलेसम्म केन्द्रले धेरै कार्ड छाप्न सकेको छैन् । काम सुस्त छ । परीक्षणकाल भएको कारण कार्ड छपाई सुस्त भएको र अब जनशक्ति थपेर द्रुत गतीमा काम अघि बढाउने केन्द्रले जनाएको छ ।
यसअघि अत्यावश्यक लाइसेन्स मात्रै छाप्दै आएको केन्द्रले अब साधारण लाइसेन्स पनि छाप्ने छ । यसका लागि यातायात व्यवस्था विभागले एकैपटक एक लाख डाटा केन्द्रमा पठाउने तयारी गरेको छ । केन्द्रले विभागसँगको सम्झौताबमोजिम बाँकी ११ लाख ९१ हजार स्मार्ट कार्ड आगामी दुई महिनाभित्र छापिसक्ने लक्ष्य लिएको छ ।
केन्द्रबाट छापिने नयाँ कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । केन्द्रका अनुसार कार्डमा छ तहसम्मका सुरक्षा प्रविधि प्रयोग गरिनेछ । लाइसेन्स कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमध्ये केही दृश्य र केही अदृश्य हुने बताइएको छ ।
आईसीटी समाचार